प्रहरी उच्च अधिकृतका लस्कर सर्वोच्चमा

काठमाडौं, १ भदौ । नेपाल प्रहरीको तीस वर्षे सेवा अवधी हटाउनु पर्ने माग गरेर प्रहरीका चार जना अतिरिक्त महानिरीक्षकहरुले आज सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
अतिरिक्त महानिरीक्षक अर्जुनजंग शाही, कल्याणकुमार तिमल्सिनालगायत चार जनाले तीस वर्षे सेवा अवधि हटाउन माग गरेर रिट दायर गरेको सर्वोच्चले जनाएको छ ।
रिटको पेसी आइतबार चढ्ने छ । उनीहरु तीस वर्षे सेवा अवधी हटाउन माग गरेर राजनीतिक लविङ गरेर सफल नभएपछि न्यायालयको ढोका ढकढकाउन पुगेका हुन् ।
तीस वर्षे सेवा अवधी राखेमा उनीहरुले छिटै अनिर्वाय अवकास पाउने छन् । प्रहरी ऐनमा सरकारले चाहेमा तीस वर्षे वा ३२ वर्षे सेवा अवधी राख्न सक्ने प्रावधान छ । हाल तीस वर्षे सेवा अवधी रहेको छ । उनीहरुले दुई वर्ष थप्न माग गर्दै आएका छन् ।
कुबेरसिंह राना, अर्जुनजंग शाही, बसन्त कुवर, कल्याण तिमल्सिना, मदनबहादुर खड्का, भीष्म प्रसाई, नवराज ढकाललगायत एघार जना अतिरिक्त प्रहरी महानिरीक्षक छन् ।

प्रतिक्रिया