जापान बराबरीमा रोकियो

टोकियो : अन्तिम क्षेत्रीय विश्वकप छनोट फुटबलभन्दा अघि खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा एसियाली विजेता जापान भेनेन्जुएलासँग १–१ गोलको बराबरीमा रोकिएको छ । दायाँ फ्लान्कबाट युची कामानोले गरेको क्रसलाई उपयोग गर्दै यासुतो इन्डोले जापानलाई १४आँै मिनेटमा अग्रता दिलाएका थिए । स्पेनमा व्यावसायिक खेल खेल्ने मिकुले इजी कावासिमालाई पार गर्दै बराबरी गोल गरे ।
पहिलो हाफमा नै जापान दोस्रो गोलको नजिक पुगे पनि काइसुके होन्डाको प्रहार बारा लागेको थियो । ३० मिनेट बाँकी रहँदा म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका सिन्जी कावाजाले हे गोल गर्ने अवसर गुमाएको एक मिनेटपछि नै मिकुले गोल गरेका थिए । ७५आँै मिनेटमा खाली पोस्टमा गोल गर्ने अवसर पाउँदासमेत क्रसबारभन्दा माथि प्रहार गर्दै खेर फालेका थिए । (एजेन्सी)

प्रतिक्रिया