अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालित

दोलखा, ३१ साउन । दोलखाको सुष्पा क्षमावती–२ स्थित बोखरा खोलाले करिब डेढ मिटर सडक खण्ड बगाएर अबरुद्ध बनको सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
सो स्थानमा आज सवारी आवागमन करिव आठ घण्टा अबरुद्ध भएको थियो । सडक अवरुद्ध भए पछि यात्रु मर्कामा परेका थिए । सडक खुलेसँगै सवारी साधन र यात्रु गन्तव्य तर्फ लागेका छन् ।
दोलखाबाट करिब साढे १० किलो मिटर टाढा रहेको उक्त ठाउँमा मङ्गलवार राति परेको अविरल वर्षाका कारण सडक भासिएको थियो ।
सडक भासिंदा लामावगर सिगटी र स्याउलीबाट छुटेका सवारी साधन बिच बाटोमै रोकिएका थिए ।

प्रतिक्रिया