पश्चिम पृतना खुल्ला हयान्डबल

पोखरा, ३१ साउन । पश्चिम पृतना खुल्ला हयान्डबल रनिङ सिल्ड प्रतियोगिता मंगलबार पोखरामा सुरु भएको छ । पश्चिम पृतना हेडक्वार्टर र कास्की जिल्ला हयान्डबल संघको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । पश्चिम पृतना हेडक्वार्टर विजयपुरको हयान्डबल कोर्टमा सञ्चालित प्रतियोगिता
३२ साउनसम्म सञ्चालन हुने
भएको छ ।
प्रतियोगितामा आठ टिमको सहभागिता छ । सहभागी टोलीमा पूर्वाञ्चल क्षेत्र, काठमाडौं कपन, सुदूरपश्चिमाञ्चल, आर्मी ‘ए’, बाटुलेचौर हयान्डबल क्लब, आर्मी ‘बी’, लिटिल स्टेप र एपिएफ रहेका छन् । प्रतियोगिताको विजयी टोलीले २५ हजार रुपियाँ र उपविजयी टोलीले १५ हजार रुपियाँ पाउनेछन् । त्यस्तै, उत्कृष्ट खेलाडी र वेस्ट स्कोररले पनि पाँच हजार रुपियाँ पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्नका निम्ति करिब एक लाख खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगितामा पोखरा उपत्यकाभन्दा बाहिरबाट सहभागी दुई टिम र अफिसियलहरूलाई वासस्थान र खानपानको व्यवस्था गरिएकोसमेत आयोजकले जानकारी दिए ।
पश्चिम पृतना हेडक्वार्टरका पृतनापति भिक्टरजंगबहादुर राणाले खेलको उद्घाटन गर्दै अन्य खेलको दाँजोमा हयान्डबल पछि परेको हुनाले यसको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
नेपाल हयान्डबल संघका अध्यक्ष तेज गुरुङले हयान्डबल प्रतियोगिता कम मात्रमा हुने भन्दै यसको विकासका निम्ति यस्ता प्रतियोगिता आवश्यक रहेको बताए ।

प्रतिक्रिया