साइपाल र रुपिजलाई उपाधि

काठमाडौं : साइपाल एकेडेमी र रुपिज इन्टरनेसनल स्कुलले दोस्रो एस अन्तर ‘ए’ लेभल कलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । साइपाल गल्र्स तथा रुपिज ब्वायजतर्फ च्याम्पियन बने । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको गल्र्सको फाइनलमा साइपालले रुपिजलाई २५–१२ ले पराजित गर्‍यो । साइपालको जितमा रितु माझी र सविता लुइँटेलले समान

८–८ अंक योगदान गरेका थिए ।
सुरुका तीन क्वार्टरमा लगातार अग्रता बनाउने क्रममा साइपालले क्रमश: ८–२, १३–२ र ४–२ अंक जोडयो । चौथो तथा अन्तिम क्वार्टरमा रुपिजले ६–० को अग्रता लिए पनि जित हात पार्न सकेन ।
ब्वायजको प्रतिस्पर्धात्मक उपाधि भिडन्तमा रुपिजले आयोजक एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमाथि
३९–३५ को संघर्षपूर्ण जित हात पार्‍यो । रुपिजका छिमी ग्याल्सेनले १९ अंक जोडे । ब्वायजमा रुपिजका विप्लव मल्ल तथा गल्र्समा साइपालकी माया राई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा, एसका प्रिन्सिपल एवं निर्देशक आशीष तिवारी तथा ब्रिटिस काउन्सिलका इवान डेविसले एक कार्यक्रमबीच पुरस्कार वितरण गरेका थिए । (सौस)

प्रतिक्रिया