प्रधानमन्त्री र सहायक मन्त्री माल्र्सवीच भेटबार्ता

काठमाडौं, २३ साउन । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईसँग अष्ट्रेलियाका परराष्ट्र मामिला सम्बन्धी सहायक मन्त्री रिचर्ड माल्र्सले भेटबार्ता गरेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सोमबार काठमाडौं आईपुगेका सहायक मन्त्री माल्र्सले नेपालको शान्ति प्रक्रिया र विकासमा हमेसा सहयोग रहने जनाएका छन् ।

प्रतिक्रिया