लन्डन, २० साउन । अमेरिकी पौडीवाज माइकल फेल्प्सले जारी लन्डन ओलम्पिक्समा बिहीबार दुई सय मिटर व्यक्तिगत मेड्लेमा स्वर्ण पदक जितेपछि उनको कुल ओलम्पिक पदक संख्या २० पुगेको छ । उनले जितेका पदकमध्ये केवल स्वर्णकै संख्या मात्र पनि १६ छ । लन्डन ओलम्पिक–२०१२ का सात स्पर्धामा सहभागी उनले अहिलेसम्म अपेक्षाकृत प्रदर्शन गर्न सकेका छैनन् । तथापि, उनले प्राप्त गरेको जे–जति सफलता छ, त्यो आफैँमा चर्चा गर्नलायक विषय बनिसकेको छ । अनि, वर्षाैंसम्म कायम रहने ओलम्पिक कीर्तिमान पनि ।
सन् २००४ को एथेन्स ओलम्पिकमा फेल्प्सले ६ स्वर्ण र दुई कांस्यपदक जितेका थिए । खासमा बटरºलाईका स्टार फेल्प्स फ्रिस्टाइलको दुई सय मिटर फ्रिस्टाइलमा पनि पौडिने गर्छन् । बटरºलाईकै कारण उनी मेड्लीमा पनि सफल पौडीवाजका रूपमा रहेका छन् । यसै कारण फेल्प्सले एउटै ओलम्पिकमा सबैभन्दा धेरै पदक जित्ने खेलाडीका रूपमा कीर्तिमान पनि कायम गरेका थिए । अमेरिकी पौडीवाज मार्क स्पिट्जले १९७२ को म्युनिख ओलम्पिकमा सात स्वर्ण जितेपछि फेल्प्सले ३२ वर्षपछि स्वर्णको कीर्तिमान त भंग गर्न सकेनन् । तथापि, आठ पदक संख्याले स्पिट्जलाई पछि पारेको थियो । बेइजिङ ओलम्पिकमा आठ स्वर्ण जितेपछि उनको नाममा कीर्तिमानको थुप्रो लाग्यो । एउटै ओलम्पिकमा सबैभन्दा धेरै स्वर्ण, ओलम्पिकमा सर्वाधिक स्वर्ण यी दुवै कीर्तिमान पनि यिनले आºनो नाममा लेखाए । यसपटक उनले नयाँ कीर्तिमान आºनो नाममा लेखाइसकेका छन् । सबैभन्दा धेरै ओलम्पिक पदक जित्ने खेलाडीका रूपमा उनले अर्को कीर्तिमान कायम गरे ।
यी यावत् कीर्तिमानका बाबजुद विश्व खेलकुदमा नयाँ बहस सुरु भएको छ । के माइकल फेल्प्स हालसम्मकै सबैभन्दा उत्कृष्ट ओलम्पियन हुन् ?
खेलकुदका पण्डितहरूको तर्क छ, ‘दूरीमा धेरै फरक नहुनु र एकै दूरीमा धेरै स्पर्धा हुनुले पौडीमा एकै खेलाडीले धेरै पदक जित्न सम्भव छ । तर, अन्य खेलमा छैन । यसकारण पदक संख्या नै सर्वकालीन उत्कृष्ट एथलिट मापनको आधार हुन सक्दैन ।’
को उत्कृष्ट भन्ने सम्बन्धमा आºनै खाले तर्क हुने गर्छ । परन्तु आधुनिक ओलम्पिकको १ सय १६ वर्षे इतिहासले केही कालजयी नायक जन्माएको छ । र, ती नायकबारे खेलकुद इतिहास पढ्न चाहनेले जान्नैपर्ने हुन्छ । तिनैमध्येका एक फेल्प्स पनि हुन् । सन् १९८४ को लस एन्जेलस ओलम्पिकमा कार्ल लुइसले चार स्वर्णपदक जित्ने क्रममा सय मिटर, दुई सय मिटर, ४ गुणा सय मिटर र लंगजम्पको स्वर्णपदक जिते । लस एन्जेलस ओलम्पिकको यसै सफलताका कारण उनलाई सन् १९३६ ओलम्पिकका स्टार जेसी ओवेन्सको समकक्षमा राख्न थालियो । त्यसपछि तीनवटा ओलम्पिकमा लुइसले थप पाँच स्वर्ण र एक रजतपदक जिते । उनले यस क्रममा सय मिटरमा दुईपटक विश्वकीर्तिमान कामय गरे भने सात वर्ष अपराजित रहे ।
सोभियत संघलाई जिम्न्यास्टिकको शक्तिकेन्द्रका रूपमा स्थापित गराउने क्रममा लारिसा लात्यानीनाले १८ ओलम्पिक पदक जितिन्, जसमा नौ स्वर्ण, पाँच रजत र चार कांस्य छन् । सन् १९५६, १९६० र १९६४ को ओलम्पिकमा उनले अलराउन्डमा दुईपटक स्वर्ण र एकपटक रजतपदक जितिन् । उनीबाहेक कसैले दुईपटक ओलम्पिकमा अलराउन्ड स्पर्धामा दोस्रो पदक स्वर्ण जित्न सकेको छैन ।
सन् १९७२ को म्युनिक ओलम्पिकमा सात स्वर्णपदक जितेका मार्क स्पिट्जले सबै स्पर्धामा स्वर्णपदक जितेका थिए । ओलम्पिकमा नौ स्वर्णपदक, एक रजतपदक र एक कांस्यपदक जितेका स्पिट्जले १९९२ को ओलम्पिकपछि ४२ वर्षको उमेरमा सन्न्यास लिए ।
आर्यहरूको प्रभाव रहने अनुमान रहेको बर्लिन ओलम्पिकमा चार स्वर्ण विजेता अश्वेत ओवेन्सलाई सर्वकालीन महान् एथलिटको सूचीमा राख्ने तर्क होलान्, तथापि उनी सधैँ चर्चाको पात्र भने रहिरहनेछन् ।
हेप्टाथलनकी स्टार ज्याकी जोयनर कर्सीले सोल ओलम्पिकमा राखेकी कीर्तिमान अझै कायम छ । यसअघि लस एन्जेलस ओलम्पिकमा रजत जितेकी उनले १९९२ को बार्सिलोना ओलम्पिकमा पनि स्वर्ण जितिन् । १९९६ को एटलान्टा ओलम्पिकअघि उनी प्रबल दाबेदार भए पनि ह्याम्स्टि्रङका कारण ओलम्पिक ट्रायल नै गुमाउन पुगिन् ।
माइकल जोन्सनले सन् १९९२ र १९९६ को ओलम्पिकमा २ सय र ४ सय मिटरमा दुवै स्वर्ण जिते । एकै ओलम्पिकमा यी दुवै स्धर्पामा स्वर्ण जित्ने खेलाडीका रूपमा उनले राखेको कीर्तिमान अझै कायम छ । उनले यस क्रममा दुवै स्पर्धामा विश्व कीर्तिमान पनि कायम गरेका थिए । २ सय मिटरमा उनले राखेको विश्व कीर्तिमान २००९ मा युसेन बोल्टले भंग गरे । उनको ४ सय मिटरको विश्व कीर्तिमान अझै कायम छ ।
सन् १९८० मा बर्गिट फिसर कान्छी ओलम्पिक क्यानोइङ च्याम्पियन भएकी थिइन् । १८ वर्षको उमेरमा यो कीर्तिमान कायम गरेकी फिसर २००४ मा ४२ वर्षको उमेरमा सबैभन्दा पाकी ओलम्पिक क्यानोइङ च्याम्पियनका रूपमा कीर्तिमान कायम गरेपछि सन्न्यास लिइन् । यस बीचमा उनले आठ स्वर्ण, चार रजत गरी १२ ओलम्पिक पदक जितिन् । सन् १९८४ को लस एन्जेलस ओलम्पिक पूर्वी जर्मनीले बहिष्कार नगरेको भए उनको यो संख्या अझ धेरै हुन सक्थ्यो ।
बेलायतकी स्टिभ रेडग्रेभले सन् १९८४ देखि २००१ सम्म लगातार रोइङको एकल स्पर्धामा स्वर्ण जितिन् । उनले एक कांस्यपदक पनि जितिन् । हंगेरीका फेन्सर पाल कोभास र अलाडार गेरेभिचले मात्र ६ लगातार ओलम्पिकमा पदक जितेका छन् ।
अमेरिकी एडविन मोजेजले त्यत्ति धेरै पदक जितेका छैनन् । तथापि उनले १९७६ देखि १९८७ को बीचमा ४ सय मिटर हर्डल्समा १ सय २२ वटा रेसमा जित हात पारे । उनी यस बीचमा अपराजित रहे । १९७६ र १९८४ को ओलम्पिकमा स्वर्ण जितेका मोजेज १९८० को मस्को ओलम्पिक अमेरिकाले बहिष्कार गरेका कारण उनी सहभागी थिएनन् । १९७६ को मन्ट्रियलमा उनले दोस्रो हुने माइक सायनलाई आठ मिटरमा छाडेका थिए । यो नै ओलम्पिक इतिहासको फराकिलो अन्तरको जितका रूपमा कायम छ ।
यस्ता अन्य थुप्रै स्टार छन्, जसलाई विश्व खेल इतिहासले सधँै सम्झनेछ र जसको सधैँ चर्चा हुनेछ । रुसी जिम्न्यास्ट एलेक्सी निमोभ, अमेरिकन जिम्न्यास्ट सान मिलर, अमेरिकी कुस्तीवाज जोन स्मिथ र सोभियत जिम्न्यास्ट निकोलाई आड्रियानोभ इतिहासले स्मरण गर्ने नामका रूपमा रहेका छन् । अमेरिकी पौडीवाज नाथाली कोग्लिन, फिनिस धावक पावनोभ नुर्मी, अमेरिकी ट्रयाक एन्ड फिल्डका एल ओयटर, रुमानियाकी जिम्न्यास्ट नादिया कोमानिच, अमेरिकी ट्रयाक एन्ड फिल्ड स्टार जिम थोर्पे, अमेरिकी मुक्केवाज मोहम्मद अली, धाविका फ्लोरेन्स ग्रिथ जोयनर, अमेरिकी डाइभर ग्रेग लुगानिस इतिहासका अन्य सर्वकालीन उत्कृष्ट खेलाडीका रूपमा सूचीकृत छन् । (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया