विमानस्थल व्यवस्थापन रोक्न अन्तरिम आदेश


काठमाडौं, १४ साउन । त्रिभुवन विमानस्थल सहितका अन्य विमानस्थल भारतीय कम्पनीलाई भाडामा व्यवस्थापन दिने सरकारी तयारी विरुद्ध सर्वोच्च अदालतले आज अन्तरिम आदेश जारी गरेको छ ।
राय बाझिए पछि तीन सदस्सीय बेञ्चले बहुमतका आधारमा अन्तरिम आदेश जारी गरेको सर्वोच्चले जनाएको छ । न्यायाधिश रामकुमार साहले भारतीय कम्पनीलाई विमानस्थल भाडामा दिने विषयमा अन्तरिम आदेश जारी गर्न नपर्ने राय दिएका थिए ।
यद्यपी न्यायाधिश सुशील कार्की र तर्कराज भट्टले भने भारतीय कम्पनीलाई व्यवस्थापन भाडामा दिने सरकारी तयारी विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिनुपर्ने भन्दै सो आदेश दिएका हुन् । उनीहरुले सो विषयमा तत्काल कुनै काम नगर्नु नगराउनु भन्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेका छन् ।
वर्तमान सरकारले त्रिभुवन विमानस्थललगायत मुलुकका विभिन्न विमानस्थलहरु भारतीय कम्पनीलाई व्यवस्थापन गर्न दिने गोप्य रुपमा तयारी गरेपछि सो तयारी रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।
सर्वोच्चले सो फाईल मगाएर अध्ययन र वहस पछि तत्काल विमानस्थल भारतीय कम्पनीलाई भाडामा दिने निर्णय कार्यान्वन नगर्नु नगराउनु भन्ने अन्तरिम आदेश दिएको हो ।

प्रतिक्रिया