आर्चरीमा विश्व कीर्तिमान

लन्डन : ओलम्पिकको महिला फुटबलमा जापान र स्वीडेनबीच गोलरहित बराबरी भएको छ । खेलको दोस्रो हाफमा जापानले थुप्रै अवसर सिर्जना गरे पनि त्यसलाई उपयोग गर्न असफल भएको थियो । पहिलो हाफमा स्वीडेनकी क्यारोलियन सेजरले राम्रो मौका पाएकी थिइन् । बराबरीपछि जापान अंक तालिकामा गोल अन्तरको आधारमा शीर्ष स्थानमा छ भने स्वीडेन दोस्रो स्थानमा छ ।
रोइंगको ब्ले रिबन स्पर्धामा न्युजिल्यान्ड विश्व कीर्तिमानसहित फाइनलमा प्रवेश गरेको छ । जर्मनी क्यानाडा र बेलायत पनि फाइनलमा प्रवेश गरेका छन् । अमेरिका पनि फाइनलमा प्रवेश गरेको छ । जिम्न्यास्टिकको छनोटमा तीन स्पर्धामा बेलायती खेलाडीले अग्रता कायम गरिरहेका छन् । आर्चरीमा दक्षिण कोरियाले दुईपटक विश्व कीर्तिमान कायम गरेको छ । इम ड्येग ह्ुनले व्यक्तिगत स्पर्धामा कीर्तिमान कायम गरे भने किम वन मिन र ओ जनि ह्याक सम्मीलित दक्षिण कोरियाली टोलीले विश्व कीर्तिमान कायम गरेको छ । पहिलो चरणको खेलमा युक्रेनले बेलायतलाई पराजित गरेको छ । (एजेन्सी)

प्रतिक्रिया