सेरेना सातैां पटक फाइनलमा

लन्डन, २२ असार । अग्निएस्का राड्वान्स्का ७३ वर्षयता ग्रान्डस्लाम टेनिसको फाइनल प्रवेश गर्ने पोल्यान्डको पहिलो खेलाडी भएकी छन् । जारी सिजनको तेस्रो टेनिस ग्रान्डस्लाम विम्बल्डनमा बिहीबार महिला एकलतर्फ जर्मनीकी एन्जेलिक कर्बरलाई सोझो सेटमा पराजित गरी राड्वान्स्काले राष्ट्रका लागि ठूलो सफलता दिलाउने संकेत गर्दै फाइनल पुगेकी हुन् । उनले उपाधिका लागि चारपटककी पूर्वविजेता सेरेना विलियम्सको सामना गर्नेछिन् । बिहीबार नै भएको अर्को सेमिफाइनलमा अमेरिकी सेरेनाले दोस्रो वरीयताकी भिक्टोरिया अजारेन्कालाई सोझो सेटमा हराएकी हुन् ।
सेमिफाइनलमा कर्बरविरुद्ध विजयी हुने क्रममा राड्वान्स्का ६–३ र ६–४ ले अगाडि रहिन् । यसअघि सन् १९३९ मा पोल्यान्डकै जजविगा जेड्रोजवोस्का प्रेmन्चओपनको सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । ७० मिनेटसम्म चलेको खेलमा विश्व नम्बर–३ राड्वान्स्काले चुनौती भने क्रमश: कठिन सामना गर्नुपरेको थियो । उनले यस प्रतियोगिताको उपाधि जिते महिला एकलतर्फ विश्व वरीयताक्रममा शीर्षस्थानमा पुग्नेछिन् ।
पराजयपछि १९९९ मा टेनिस इतिहासकै महान खेलाडी स्टेफी ग्राफ विम्बल्डनको फाइनल प्रवेश गरेयता ग्रान्डस्लाम फाइनल प्रवेश गर्ने पहिलो जर्मन बन्ने कर्बरको अभियान अधुरै रहयो । ‘मैले साँच्चै राम्रो खेलँ। म आफ्नो प्रदर्शनप्रति असाध्यै खुसी छु,’ जितपछि राड्वान्स्काले भनिन् ।
क्वार्टरफाइनलमा मारियो किरलेन्कोलाई पराजित गर्दै राड्वान्स्काले ग्रान्डस्लाममा अन्तिम ८ मै पराजित हुने ४ वर्ष लामो शृंखलालाई अन्त्य गरेकी थिइन् । यसक्रममा उनी सन् २००८ र २००९ मा विम्बल्डनको क्वार्टरफाइनलमा पराजित भएकी थिइन् भने अस्ट्रेलियन ओपनमा पनि ३ पटक यसै चरणमा उनले पराजय सामना गर्नुपरेको थियो । पहिलो सेट ६–३ ले जितेकी सेरेना अस्ट्रेलियन ओपनविजेता बेलारुसकी अजारेन्काविरुद्ध दोस्रो सेटमा कठिन चुनौती सामना गरे पनि ७–६ ले अगाडि रहिन् । एकल स्पर्धामा १३ ग्रान्डस्लाम जितेकी सेरेना विगत केही वर्षयता चोटसँग संघर्ष गर्दै टेनिसमा फर्कन प्रयास गरीररहेकी छन् । सेरेनाकी दिदी तथा ५ पटककी पूर्वविजेता भेनस यसपटक पहिलो चरणबाटै बाहिरिएकी थिइन् । करिब ५ साताअघि सम्पन्न प्रेmन्चओपनमा सेरेना पहिलो चरणबाटै बिदा हुनुपरेको थियो । समकालीन खेलाडीमा लामो समय एकछत्र राज गरेका विलियम्स दिदी–बहिनी सेरेना र भेनसको खेलजीवन पछिल्लो समय ‘अप्स एन्ड डाउन’ भइरहेको छ ।
यता पुरुष एकलतर्फ सेमिफाइनलमा नोभाक जोकोभिक र रोजर फेडेरर तथा एन्डी मर्रे र जो विलफ्राइड सोंगाबीच प्रतिस्पर्धा हुने भएको छ । स्पेनिस डेभिड फेररलाई चौथो सेटपछि हराउँदै बेलायती नम्बर–१ मर्रेले सेमिफाइनल यात्रा तय गरे । अत्यन्तै रोचक र संघर्षपूर्ण उक्त खेलमा चौथो वरीयताका मर्रेले ६–७, ७–६, ६–४ र ७–६ ले बाजी मारेका हुन् । पहिलो सेट गुमाए पनि त्यसपछि रोचक तरिकाले मर्रेले पुनरागमन गरेका थिए । लगातार चौथोपटक सेमिफाइनल यात्रा तय गर्ने क्रममा घरेलु खेलाडी मर्रे फेरि एकपटक इंगल्यान्डलाई ठूलो सफलता दिलाउने बाटोमा देखिएका छन् । सन् १९३८ यता बेलायतका कुनै पनि खेलाडीले ग्रान्डस्लाम उपाधि जित्नसकेका छैन । तीनपटक ग्रान्डस्लाम फाइनल पुगे पनि मर्रे सबैमा उपविजेता भएर चित्त बुझाउनुपर्‍यो ।
पाँचाँै वरीयताप्राप्त फ्रान्सेली सोंगाले पनि जित हात पार्न फिलिप कोल्सक्रैबरविरुद्ध ४ सेटको यात्रा तय गर्नुपरेको थियो । पहिलो सेट जिते पनि दोस्रो गुमाएका सोंगा त्यसपछि भने लगातार सेट जित्दै सेमिफाइलन यात्रा तय गर्न सफल भए ।

प्रतिक्रिया