खोजखबर

मन्दिर चाहरेर फर्किए पूर्वराजा

सौर्य अनलाइन २०६९ असार २१ गते १३:०९ मा प्रकाशित

बुटवल, २१ असार । रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाको पाँच दिने धार्मिक भ्रमण सकेर आज पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएका छन् ।
पाँच दिनमा उनी तीन जिल्लाका प्रसिद्ध धार्मिक स्थलहरुमा पुगेर पूजा गरेका थिए । उनले मुलुकमा नयाँ शक्तिको उदय हुने र त्यो राजसंस्था पनि हुन सक्ने बताएका थिए ।
काठमाडौ फर्किनु अघि पूर्व राजा शाहले आफू बसेको होटल निवार्णामा यस क्षेत्रका उद्योगी व्यावसायी, सामाजिक संघसस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, विभिन्न दलका कार्यकर्ता, शिक्षासेवी र सर्वसाधारणसँग भेट गरेका थिए ।
पूर्व राजासँगको भेटमा उपस्थित अधिकांशले देशलाई बिखण्डन र जातजातिबीच हुन लागेको युद्धबाट बचाउन आग्रह गरेका थिए ।
उनीहरुले संबिधानसभाको निर्वाचनपछि दलहरु असफल भई मुलुकनै असफल सूचिमा पर्न लागेको प्रति चिन्ता व्यक्त गर्दै देशलाई जोगाउन आग्रह गरेका थिए ।
भेटघाटपछि उनी भैरहवाको अन्नपूर्ण होटेलमा रहेको दुर्गा मन्दिरमा गाई पूजा गरेका थिए ।
पूर्व राजा दुर्गा मन्दिरमा पूजाका लागि आउने भनेपछि स्वागत गर्न सर्वसाधरणको निकै भिडभाड थियो । उनी भैरहवाको बुद्धचोकबाट दुर्गा मन्दिरसम्म स्थानीयसँग सामान्य सम्वाद गर्दै हिडेरै पुगेका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय