चार दलको बैठक प्रभावित

काठमाडौं, १९ असार । तयारी नपुगेको भन्दै एमालेले आउन नमाने पछि विघटित संविधानसभाका प्रमुख चार दलका शीर्ष नेताहरुको बैठक प्रभावित भएको छ ।
बैठकका लागि एमाओवादी, कांग्रेस, एमाले मधेसी मोर्चाका शीर्ष नेतालाई बोलाएको स्रोतको भनाई छ । बैठकका बारेमा पहिला जानकारी नगराएको एमालेले आरोप लगाएको छ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, वजेट, राष्ट्रिय सहमतिको सरकार लगायतका विषयमा निकास खोज्ने जनाईएको थियो । बैठक आजै बेलुका पुनः बस्ने तयारी गरिएको नेताहरुको भनाई छ । विहानका लागि बोलाईएको बैठक प्रभावित भएको हो ।
यसैवीच, एमालेले विघटित संविधानसभाका २६ दलको बैठक बोलाएको छ । सो बैठकको धारणा अनुसार अघि बढ्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया