२२ राउन्ड गोलीसहित सैनिक समातिए

काठमाडौ : नेपाली सेनाका नायकलाई ३२ राउन्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको दधिकोट मध्यपुर ठिमी नगरपालिका–१३ नयााठिमी बस्ने दोलखा बुलुङका २६ वर्षीय राजु विकलाई ९ एमएम पेस्तोलको गोलीसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार उनी सेनाको विद्युत् तथा यान्त्रिक सेवा निर्देशनालयमा दरबन्दी भई सुन्दरीजलमा कार्यरत छन् । उनलाई शनिबार साढे १२ बजे दधिकोट–९ बाट प्रहरीले पक्राउ गरेको हो । ‘विशेष सूचनाका आधारमा जाँच गर्दा उनको साथबाट गोली बरामद भयो,’ प्रहरी स्रोतले भन्यो, ‘कोठा खानतलासी गर्दा भने केही भेटिएन ।’
उनलाई शनिबार नै कारबाहीका लागि नेपाली सेनालाई नै जिम्मा लगाइएको महानगरीय प्रहरी परिसरका प्रमुख एसपी नारायणसिंह खड्काले जानकारी दिए । (कविता सिंह/प्रशिक्षार्थी)

प्रतिक्रिया