फरार कैदी पक्राउ

कपिलवस्तु, १५ असार । पाल्पा कारागारबाट फरार कैदी फागु ढाडीलाई प्रहरीले पक्राउ गरेको छ ।
२०५५ साल जेठ–१४ गतेदेखि कर्तव्य ज्यान मुद्धामा २० बर्षे कैद भुक्तान गरिरहेका काठमाडौं महाराजगंज–८ बस्ने ढाडीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
द्वन्द्वकालमा पाल्पा सदरमुकाम आक्रमण हुँदा कारागारबाट भागी फरार रहेका उनलाई प्रहरीले गाउँ घरमा लुकीछिपी हिँडिरहेको अवस्थामा असार– १३ गते पक्राउ गरेको हो ।
प्रहरीले असार–१४ गते जिल्ला अदालत कपिलवस्तुमा पेश गरेकोमा उनलाई बाँकी रहेको १२ बर्ष ४ महिना ७ दिन कैद सजाय भुक्तान गर्न कारागार पठाएको जनाएको छ ।

प्रतिक्रिया