बाबुरामको अघोषित ‘कु’

राष्ट्रपतिले संविधानसभा विघटन भएपछिको केही दिनमै प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कामचलाउ सरकारको प्रधानमन्त्रीको संज्ञा दिए । सामान्यतया कामचलाउ प्रधानमन्त्री भएपछि अर्को सरकार आउनुपर्ने भन्ने बुझ्नुपर्छ । अहिले मुलुकमा संविधानसभा वा व्यवस्थापिका संसद् नभएको अवस्था विद्यमान छ । त्यसैले संविधानसभा वा संसद्ले नयाँ सरकार गठन गर्ने अवस्था पनि अहिलेका लागि असम्भवप्राय: छ ।
वर्तमान सरकारलाई चुनावी सरकार नै हो भनेर राष्ट्रपतिले भनेका पनि छैनन् । उल्टो कामचलाउ सरकार कति दिनसम्म भनेर प्रश्न गर्छन् । यसको अर्थ राष्ट्रपतिसँग पनि यसको सहज समाधान छैन । मूलत: राष्ट्रपतिले कामचलाउ सरकार भनेर घोषणा गरेको अवस्थामा अर्को सरकार बनाउन निर्देशन दिने व्यक्ति राष्ट्रपति आफैँ हुन् । उनी स्वयं प्रश्न गर्छन्, कामचलाउ सरकार कहिलेसम्म ? हामीले सहजै अनुमान गर्न सकिन्छ कि उनीसँग पनि सरकार परिवर्तन गराउन सक्ने अधिकार रहेनछ भनेर । प्रधानमन्त्री भट्टराई आफै राजीनामा पनि दिँदैनन् भने यसलाई हामीले कसरी बुझ्ने ?
अर्कातिर प्रधानमन्त्री भट्टराईले केही समयअघि नेपाली सेना प्रमुखको अनुरोधमा सेनाभित्र केही पद सिर्जना गर्ने र केही व्यक्तिलाई उक्त पदमा नियुक्ति गर्ने कुरामा कदम चालेका थिए । त्यो कदम कुन उद्देश्यले चालिएको थियो भन्ने कुरा प्रस्ट/छर्लंग नै छ । यसबाट हामी के बुझ्न सक्छौँ भने सेना राष्ट्रपतिको समर्थनमा भन्दा प्रधानमन्त्रीको समर्थनमा छ । त्यसैले पनि बाबुराम आजभोलि बोल्न थालेका छन्, राजीनामा केटाकेटीको खेल होइन । यसबाट हामीले के बुझ्ने ?
अब माओवादीको सशस्त्र युद्धको गरौँ । बाह्र वर्ष युद्ध तत्कालीन माओवादी अथवा हालको एमाओवादीले मूलत: सत्ताकब्जाका लागि नै गरेको थियो, यसमा ऊ असफल भयो र आºनो राजनीति परिवर्तन गर्दै संसदीय पद्धतिमा छिर्‍यो । तर पनि उसको मूल उद्देश्य सत्ता कब्जामा भने कुनै परिवर्तन आएको छैन । हालसम्म पनि माओवादी संसदीय पद्धतिभित्रै रहेर कुनै उपयुक्त मौका खोजिरहेको छ । जून अहिले माओवादीलाई सत्ताकब्जा गर्नका लागि उपयुक्त मौका बनेको छ । योभन्दा उपयुक्त मौका कहिले आउला र उसलाई ? कसले आएर एमाओवादी तँ सत्ता लैजा भनेर दिन्छ र ?
प्रधानमन्त्री भट्टराईको सरकारले ७ मंसिरमा नयाँ संविधानसभा चुनावको घोषणा गरेको छ । उनलाई यो पनि राम्रो थाहा छ कि नेपालमा हालको अवस्थामा चुनाव गर्न सम्भव छैन भनेर पनि । किनकि उनी नेपालका विद्वान्मध्येका एक हुन् । अहिले ७ मंसिर भन्छन् । केही समयपछि ७ चैत भन्लान् । यसरी नै सत्तामा बसेर राम्रो पकड बनाउँदै जान उनलाई कुनै समस्या आउँदैन । हाल सरकारकामा ठूला राजनीतिक दल न कांग्रेसको उपस्थिति छ न त नेकपा एमालेकै ।
कुरा रह्यो माओवादी पार्टीभित्र तथा अध्यक्ष प्रचण्डको । प्रचण्डभन्दा हिजो पनि बाबुराम नै विद्वत ठहरिएका हुन् । प्रचण्डपथकै सिद्धान्त तथा नीतिहरू निर्माण गर्ने काम बाबुराम आफैँले गरेका हुन् । आºनै नीति तथा कार्यक्रममा हालिमुहाली गर्ने प्रचण्डलाई यिनले किन बाटो खोलिदिने ? प्रचण्ड भनिरहन्छन् : बाबुरामजीले राजीनामा दिनुहुन्छ, बाबुरामजी भनिरहन्छन् : उपयुक्त समयमा म राजीनामा दिन्छु ।
अब छिमेकी देशसँगको सम्बन्ध पनि हेरौँ । यसै त भारतपरस्त भनेर पार्टीभित्र कहलिएका बाबुरामलाई भारतले समर्थन नगर्ने कुरै भएन, चीन त त्यसै नै कम्युनिस्टहरूको सरकार भएको देश हो । त्यसैले नेपालमा कम्युनिस्टहरूकै सरकार होस् भन्ने चाहन्छ । विश्वमा पनि कम्युनिस्टहरू सफल हुन्छन् भन्ने प्रमाण पेस गर्न नेपाल एउटा बलियो उदाहरण बन्नेछ । नेपालमा चीनविरुद्ध हुने गतिविधि नियन्त्रणका लागि पनि एउटा महत्त्वपूर्ण अवसर सिर्जना हुनेछ । समस्या रह्यो, यी सेनापति अवकाश भएपछि हुने अर्को सेनापति तिनीहरू पनि कुनै एउटा झटारो फालिदिए भयो, आँप झर्छ तपाईं खानुहोला ।
[email protected]

प्रतिक्रिया