राष्ट्रपति र प्रधानमन्त्रीवीच भेट

काठमाडौं, १३ असार । राष्ट्रपति डाक्टर रामवरण यादवसँग कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, ब्राजिल भ्रमणलगायतका बारेमा छलफल भएको हो ।
प्रधानमन्त्री भट्टराईले ब्राजिलमा भएको राष्ट्रसंघीय सम्मेलनमा नेपालको सहभागिताका विषयमा राष्ट्रपति डा.यादवलाई जानकारी गराएको प्रधानमन्त्रीको नीजि सचिवालयले जानकारी दिएको छ ।
भेटमा राष्ट्रपति डा.यादवले प्रधानमन्त्रीलाई राष्ट्रिय सहमतिका लागि पहल गर्न समेत आग्रह गरेका छन् ।
राष्ट्रपति डा.यादव र प्रधानमन्त्री भट्टराईका वीच झण्डै आधाघण्टा कुराकानी भएको थियो ।
सहमतीय सरकार गठनका लागि विपक्षी दलहरुले प्रधानमन्त्री भट्टराईलाई बर्खास्त गर्न दवाब दिइरहेका समयमा कामचलाउ सरकारका प्रधानमन्त्री र राष्ट्रपतिवीच छलफल भएको छ ।

प्रतिक्रिया