दाङमा अवैध काठ पक्राउ

दाङ, ११ असार । जिल्ला वन कार्यालय दाङले गोवरडिहाको कालाकाटेबाट एक सय ६० थान अवैध सालको चिरान काठ पक्राउ गरेको छ ।
वनको गस्ती टोलीले राप्ती नदीको किनारमा लुकाई राखेको अवस्थामा विभिन्न तीन स्थानबाट काठ बरामद गरेको हो ।
ईलाका वन कार्यालय गढवाका प्रमुख सहायक वन अधिकृत हरि गौतमका अनुसार काठ ओसारपसारमा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरिएको छ ।
बिषेश सुराकीका आधारमा वनका कर्मचारीले आइतवार मध्यरात काठ पक्राउ गरेको थियो ।
पक्राउ गरिएको काठ तीन वटा ट्याक्टरबाट सोमवार बिहान घोराही पुराईएको छ ।

प्रतिक्रिया