ओलीले अर्थमन्त्रीसँग पैसा माग्ने

काठमाडौं, ९ असार । गायिका तथा सञ्चारकर्मी कोमल ओलीले आफूहरुलाई संघ/संगठन चलाउन समस्या भएको भन्दै सरकारसँग असन्तुष्टि पोखेकी छन् ।
रापती समाजको छैठौं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले संघ/संगठन चलाउन सरकारले सहयोग उपलब्ध गराउनुपर्ने माग गरिन । ‘रापती समाज चलाउन अर्थमन्त्री बर्षमान पुनसँग रकम माग्नुपर्छ,’ उनले भनिन्, ‘मन्त्री पुन रोल्पाबासी हुन त्यसैले पनि अब रकम माग्ने हो ।’
गायिका ओलीले रोल्पाका एक व्यक्तिलाई समाजमा सदस्य बनाएर टोली बनाई संगठन चलाउन रकम माग्न जाने उल्लेख गरेकी छन् ।
‘पूर्व गृहसचिव गोविन्द कुशुमले रापती समाज चलाउन रकम दिएको भए के विग्रन्थ्यो ?,’ ओलीले भनिन्, ‘गृह सचिव हुँदा दुई लाख दिएको भए समाज घाटामा चल्ने थिएन ।’
राप्ती अञ्चलबाट कलाकारिता, साहित्यलगायतका क्षेत्रमा सक्रियहरुको संस्था रापती समाजले आफ्नो छैठौं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । यसैवीच वार्षिकोत्सव भेलाले एकराज आर्चायको संयोजकत्वमा १५ सदस्सीय नयाँ कार्यसमिति चयन समेत गरेको छ ।
कार्यक्रममा नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष शेरबहादुर केसी, कोमल ओली, बासुरीवादक प्रेम राना औतारी, गायक मधुबाबु थापा, शिशिर योगी, राजेश क्षत्री, गोविन्द मधुर आर्चाय, डम्बर नेपाली, टीका पुन, डा.तारक केसी, कमल गाउँलेलगायत दुई दजर्न बढि अग्रज श्रष्टाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया