यस्तो छ समूह ‘बी’को समीकरण

किभ, ३ असार । ग्रुप अफ डेथमा रहेको उपाधिको दाबेदार नेदरल्यान्ड्स युरोकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गर्ने हो या पहिलो चरणबाटै अवसान हुने हो भन्ने कुराको निक्र्योल आइतबार हुनेछ । आइतबार नेदरल्यान्ड्सले पोर्चुगलसँग खेल्नेछ भने जर्मनीले डेनमार्कसँग खेल्नेछ । सबै टोलीको क्वार्टरफाइनल प्रवेशको सम्भावना यस्तो छ ।
जर्मनी :
६ अंक रहेको जर्मनीको हकमा जित या बराबरी दुवै नतिजा क्वार्टरफाइनलमा प्रवेश गर्नका लागि पर्याप्त हुनेछ । यदि डेनमार्कसँग पराजित भए अर्को खेलमा नेदरल्यान्ड्सको जित या बराबरीले पनि जर्मनी क्वार्टरफाइनल प्रवेश गर्नेछ । जर्मनीको पराजय र पोर्चुगलको नेदरल्यान्ड्समाथिको जितले नेदरल्यान्ड्स ६ अंकसहित पुछारमा रहनेछ भने अन्य तीन टोलीको समान ६ अंक हुनेछ । यस अवस्थामा हालसम्म भएका सबै खेलमा एक गोलको अन्तरमा हारजित भएका कारण अन्तिम खेलपछि हुने गोल अन्तर र बढी गोल हान्नेको परिणामले नै टुंगो लाग्नेछ ।
पोर्चुगल
दोस्रो स्थानमा रहेको पोर्चुगल नेदरल्यान्ड्सलाई पराजित गरे जर्मनीको जित या बराबरीले पनि क्वार्टरफाइनल प्रवेश गर्नेछ । यदि डेनमार्क विजयी भएमा एकभन्दा बढी गोलको अन्तरमा परिणाम आए पनि पोर्चुगल समूहमा दोस्रो हँुदै क्वार्टरफाइनल प्रवेश गर्नेछ । पोर्चुगल आपैँmले एकभन्दा बढी गोलको अन्तरमा जित हात पारे क्वार्टरफाइनल प्रवेश गर्नेछ । यदि डेनमार्कको एक गोलको अन्तरको जित र पोर्चुगलको पनि एक गोल अन्तरको जितले बढी गोल अन्तरको आधारमा निर्णय हुनेछ । दोस्रो खेलमा हाइस्कोरिङ भएका कारण अर्को खेलमा डेनमार्क र जर्मनीबीचको हाइस्कोरिङ परिणामले पोर्चुगल बाहिरिन सक्छ । पोर्चुगलले बराबरी गरे अर्को खेलमा जर्मनीको जितले क्वार्टरफाइनल प्रवेश गर्नेछ । अर्को खेल पनि बराबर भए पोर्चुगल र डेनमार्कबीच बढी गोलको आधारमा निर्णय हुनेछ । पोर्चुगलले बराबरी गर्दा डेनमार्क विजयी भए बाहिरिनेछ ।
पोर्चुगलको हकमा हारले पनि क्वार्टरफाइनलमा प्रवेश गर्ने सम्भावना जीवित नै रहेको छ । पोर्चुगलले हार्दा जर्मनीले हार सह्यो या बराबरी भयो भने बाहिरिनेछ । पोर्चुगल एकभन्दा बढी गोल अन्तरले पराजित भएमा भने स्वत: बाहिरिनेछ । एक गोलको अन्तरमा पराजित भए नेदरल्यान्ड्सलाई बढी गोल गर्ने आधारमा पछि छाड्छ भने डेनमार्कले एकभन्दा बढी गोलको अन्तरमा हार्दा पनि पोर्चुगलको बाटो खुल्ला हुनेछ । डेनमार्क पनि एक गोलको अन्तरमा पराजित भए डेनमार्क र पोर्चुगलबीचको निर्णय बढी गोलको आधारमा हुनेछ ।
डेनमार्क :
डेनमार्क विजयी भए क्वार्टरफाइनल प्रवेश गर्नेछ । बराबरी पछि अर्को खेलमा पोर्चुगलको हारले डेनमार्क क्वार्टरफाइनल प्रवेश गर्नेछ । दुवै खेलमा बराबरी भए बढी गोल गर्ने आधारमा डेनमार्क र पोर्चुगलको टुंगो लाग्नेछ । यदि बढी गोल गर्नेमा बराबरी भए हेड टु हेडमा डेनमार्क बाहिरिनेछ । हारको हकमा डेनमार्क दुई गोलको अन्तरमा हारे स्वत: बाहिरिनेछ । पोर्चुगलले जित्दा या बराबरी गर्दा पनि बाहिरिनेछ । डेनमार्क र पोर्चुगल दुवै एक गोल अन्तरले हारे नेदरल्यान्ड्स र डेनमार्कबीच बढी गोल गरेकै आधारमा टुंगो लाग्नेछ । यसमा पनि बराबरी भए हेड टु हेडको आधारमा डेनमार्कले पहिलो चरण पार गर्नेछ । यदि नेदरल्यान्ड्सले दुई गोलको अन्तरमा जिते पनि डेनमार्क पराजयपछि स्वत: बाहिरिनेछ ।
नेदरल्यान्ड्स : नेदरल्यान्ड्सको हकमा आफूले जित्ने र जर्मनीले डेनमार्कलाई जित्दा मात्र बाटो खुला हुन सक्नेछ । तर, दोस्रो खेलमा पोर्चुगल र डेनमार्कबीचको खेल हाइस्कोरिङ भएकै कारण नेदरल्यान्ड्सले एक गोलको अन्तरमा पराजित गरे पनि दुवै टोलीको गोलअन्तर माइनस एक हुने र पोर्चुगल बढी गोल गरेको आधारमा नेदरल्यान्ड्सभन्दा माथि रहने कारण नेदरल्यान्ड्सलाई कमसे कम दुई गोलको अन्तरको जित आवश्यक छ । एजेन्सी

प्रतिक्रिया