नेपाली सेनाको जीप दुर्घटना

रुकुम, ३० जेठ । रुकुम जिल्लाको रुकुमकोट–१, रानीकोटमा नेपाली सेनाको जीप दुर्घटना हुँदा एक सिपाहीको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् ।
घाईते पाँचै जनाको अवस्था गम्भीर छ । साँख गाविसको घोरखानीमा रहेको सेनाको अस्थायी क्याम्पवाट रुकुमकोट गाविस जाँदै गरेको बा १ ज ६३०६ नम्वरको जीप नियन्त्रण गुमाई दुर्घटना हुँदा सिपाही आशालाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका निरीक्षक निरञ्जन थापाले जानकारी दिए ।
गम्भीर घाइते हुनेमा बाटो निर्माणका ठेकेदार शेरवहादुर थापा, धनसरी थापा, मोतिराम थापा, नवराज थापा र सेनाका जम्दार कुमार भण्डारी रहेका छन् । उनीहरुको रुकुमकोट स्वास्थ्य चौकीमा प्रारम्भीक उपचार भएको छ ।
घाईतेहरुको नेपाली सेना, प्रहरी र स्थानीय वासिन्दाको पहलमा उद्दार गरिएको थियो ।
जीप सडकवाट अनियन्त्रित भई करिव २ सय मिटर तल खसेको प्रहरी भनाई छ ।

प्रतिक्रिया