पार्टीमा सुद्धिकरण शुरुभएको गच्छेदारको दावी


काठमाडौ, २४ जेठ । मधेशी जनाधिकार फोरम(लोकतान्त्रीक)का अध्यक्ष तथा काम चलाउ सरकारका गृहमन्त्री विजय गच्छेदारले पर्टीको संगठन विस्तार र सुद्धिकारण अभियान शुरु भएको जनाएका छन् ।
पार्टी कार्यालय सानेपामा  आज बुधबार कडा सुरक्षा विच सम्पन्न पत्रकार सम्मेलनमा नेता गच्छेदारले पार्टी अनुशासन तोडेको हुंदा बरिष्ठ नेता शरदसिं भण्डारीलाई साधरण सदस्यवाट हटाइएको जानकारी दिंदै भण्डारीलाई साथ दिने केन्द्रीय सदस्यद्धय विरेन्द्र यादव र सत्रुघन दिलसियालाई पनि हटाईएको जानकारी गराईएको थियो ।
उक्त पत्रकार सम्मेलनमा राप्रपाका केन्द्रीय सदस्य नरेन्द्र चौधरी र जनमुक्ति पार्टीका उपाध्यक्ष शंकर चौधरीले फोरम लोकतान्त्रीक प्रवेश गरेको घोषणा गरिएको थियो । आर्को एक सन्दर्भका कुरा गर्दै नेता गच्छेदारलाई आफुलाई थारु र जनजाति समुदायको अपार समर्थन रहेकोले पार्टी अझ मजवुत हुने दावी पनि गरे ।
यसै विच निश्कासित नेता भण्डारी लगायतका नेताहरुले पार्टी अध्यक्ष तथा गृहमन्त्रीको विरुद्ध काठमाडौको माईतिघरमा मसाल जुलस गर्ने तयारी गरिरहको छ ।

प्रतिक्रिया