खेलाडी तथा प्रशिक्षकको नेतृत्वमा नरेन्द्र

काठमाडौं, २१ जेठ । संस्थापक अध्यक्ष राष्ट्रिय फुटबल टोलीका पूर्वस्ट्राइकर नरेन्द्रमान श्रेष्ठको नेतृत्वलाई निरन्तरता दिंदै नेपाल खेलाडी तथा प्रशिक्षक संघको पहिलो साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणासभाले उनको अध्यक्षतामा २४ सदस्यीय केन्द्रीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको छ । कार्यसमितिका पदाधिकारीहरूको पदावधि चार वर्षको हुनेछ ।
मार्सलआर्ट खेल महसंघका स्वयम्भूराज डंगोल र पौडीका पूर्वराष्ट्रिय च्याम्पियन योगेन्द्रमान श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भए । साधारणसभाले करातेका महेश महर्जनलाई महासचिवमा चयन गर्‍यो । राजेन्द्र पाठकले सचिव तथा आशीष द्वारेले कोषाध्यक्षको जिम्मेवारी पाए । सदस्यहरूमा दीपककुमार खड्गी, शैलेश केसी, रत्न श्रेष्ठ, पञ्चमान श्रेष्ठ, छोरी डंगोल, रामगोपाल श्रेष्ठ, डिकेन सुवाल, मनोज खड्गी, सुरेश चित्रकार, केशर मल्ल, सरोजकुमार मुल्मी, राज केसी, अशोक शाही, झरना गुरुङ, सागर शाही, काजीमान श्रेष्ठ, मिङ्मा शेर्पा तथा निरा कायश्थ रहेका छन् । त्यस्तै राजेश शाही पनि सदस्यमा मनोनीत भए । नवनिर्वाचित पदाधिकारीलाई संघसंस्था समन्वय शाखा प्रमुख टेकप्रसाद कट्टेलले प्रमाणपत्र वितरण गरे । राखेप सदस्य–सचिव युवराज लामाले साधारणसभाको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया