मानसिक सन्तुलन ठीन नभएकी महिलाको बलात्कार

वीरगञ्ज, ३ जेठ । वीरगञ्जमा मङगलबार राति मानसिक सन्तुलन ठीक नभएकी एक महिलाको बलात्कार भएको छ ।
अन्दाजी २६ वर्षीय बलात्कृत महिलाको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
वीरगञ्ज–१, छपकैयाका २४ वर्षीय उमाशंकर गिरीलाई पक्रउ गरेको प्रहरीले जनाएको छ । विर्तास्थित वीरगञ्ज उद्योग वाणिज्य संघ नजिकैको सन्त फर्मा औषधी पसलको बरण्डामा मध्यरात १२ बजे महिला माथी बलात्कार भईरहेकै अवस्थामा गिरीलाई नियन्त्रणमा लिइएको प्रहरी सहायक निरीक्षक प्रदीप चौधरीले बताए ।
‘राति ड्युटी सकेर कोठामा फर्किदै थिए, आवाज आएको स्थान तर्फ जाँदा महिला बलात्कार भएको देखे’, चोधरीले भने, ‘ महिला चिच्याएको आवाज आएको स्थान नजिकै गएर हेर्दा युवकले महिलालाई बलात्कार गरेको पाएपछि गिरीलाई पक्राउ गरे ।’
बालात्कृत महिलाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया