एम्वुलेन्समा तोडफोड

दाङ, २ जेठ । थारु समुदायले आह्वान गरेको बन्दको दोस्रो दिन दाङमा आजपनि पूर्ण रुपमा प्रभाव परेको छ । बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले एउटा एम्बुलेन्समा तोडफोड समेत गरेका छन् ।
बन्दकर्ताले कमल बहुउदेश्य सहकारी संस्था तुलसीपुरको एम्बुलेन्समा तोडफोड गरेका हुन । तुलसीपुरबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १ च ३७० नम्बरको एम्बुलेन्सलाई तोडफोड गरेर क्षति पुराएको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट एम्बुलेन्सका सिसा फुटेका छन् ।
यसैवीच, बन्दका कारण अलपत्र परेका बेखर्ची यात्रुले गन्तव्यसम्म पुराउने वातारण मिलाइदिन बन्दकर्ता, स्थानीय प्रशासन, नागरिक समाजलाई आग्रह गरेका छन् ।
बन्दका कारण दाङमा दैनिक साढे २ करोडको नोक्सानी भएको छ । दाङ जिल्ला उद्योगा बाणिज्य संघका अध्यक्ष मधुसुदन बैद्यका अनुसार बन्दका कारण दैनिक कारोबार ठप्प रहेको बताए छ ।

प्रतिक्रिया