राज्यको कुनै जात हुन सक्दैनः भण्डारी


काठमाडौं, ३० वैशाख । एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले राज्य पुनःसंरचनाका नाममा मुलुकलाई जातीय महासङ्घ बनाउने पक्षमा आफ्नो पार्टी नरहेको बताएकी छन् । उनले राज्यको कुनै पनि जात हुन नसक्ने दाबी गरिन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उपाध्यक्ष भण्डारीले एमाओवादीले आफ्नो हिंसात्मक राजनीतिको समयमा बाँडेका राज्यहरूलाई स्थापित गर्ने कोसिस गरेको आरोप लगाईन ।
‘जाति भनेको व्यक्तिको हुन्छ, कुनै राज्य नै जातीय हुन सक्दैन’, उनले भनिन, ‘जातीयता र क्षेत्रीयताको नारा दिएर आपसी झगडा र सामाजिक अराजकता फैलाउने तत्वबाट जोगिनु पर्छ ।’

प्रतिक्रिया