दुर्घटनाले पढ्न सघायो

आठ वर्षको उमेरदेखि तेक्वान्दो खेल्न सुरु गरेकी हँ । नौ कक्षासम्म सामान्य प्रशिक्षण गर्थेँ । बिहान पढ्थँे, दिउँसो स्कुल जान्थेँ अनि बेलुका प्रशिक्षण लिन्थेँ । यसबेलासम्म खासै असर परेको थिएन ।
दस कक्षामा पुगेपछि म राष्ट्रिय क्याम्पमा परँ । विभिन्न खेलका उदीयमान खेलाडीलाई छानेर राष्ट्रिय क्याम्पमा राखिएको थियो । यसपछि भने बिहान बेलुका नै प्रशिक्षण लिनुपर्ने भयो । एकातर्फ एसएलसी परीक्षाको तनाब र अर्कातर्फ प्रशिक्षणले गर्दा निकै गाह्रो भएको थियो । तर, सौभाग्य भन्नुपर्छ, म दुर्घटनामा परेँ र प्रशिक्षणमा जानु परेन । यसले गर्दा मैले एसएलसीको तयारी राम्रोसँग गर्न पाएँ । एसएलसी राम्रो पनि भयो ।
त्यसपछि कलेज भर्ना भएपछि दिउँसो पढ्न जाने र बेलुका प्रशिक्षणमा जाने गरें । प्लस टुमा प्राय: कलेज छुटाइनँ । यसमा पनि भाग्यशाली भएँ, कक्षा १२ को परीक्षा सकिएपछि मेरो वैदेशिक प्रशिक्षण पर्‍यो । स्नातकमा चाहिँ प्राय: कलेज जान पाइनँ । अधिकांश समय प्रतियोगिता र प्रशिक्षणमै बित्यो । साथीहरुको नोट लिएर  पढ्थेँ  तर रातिचाहिँ पढाइका लागि समय दिएं । मलाई अरू विद्यार्थीसँग प्रतिस्पर्धा गर्ने, धेरै नम्बर ल्याउने मोह कहिल्यै भएन, मात्र पास हुनेबाहेक । अन्तत: नियमित समयमै पढाइ सिध्याएँ ।

प्रतिक्रिया