नाममा एमाओवादी लचक हुने

काठमाडौं, २९ वैशाख । एकीकृत माओवादीले राज्य पुनर्संरचना अन्तर्गत संघीय राज्यको नामका विषयमा केही लचक हुने जनाएको छ ।
काठमाडौंमा आज बसेको एमाओवादीको स्थायी समिति बैठकले संघीय राज्यको नाम सोही प्रदेशहरुलाई नै छनौट गर्न दिने भन्ने विषयमा सहमति भएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । उनले भने, ‘प्रदेशहरुको नामको विकल्प सहित संघीय संसदलाई नै जिम्मेवारी दिन सकिन्छ ।’
नाम चयन गर्न प्रादेशीक संसदलाई दिएपनि नामहरुको विकल्प भने दलहरुले नै दिने एमाओवादी प्रस्ताव छ ।
त्यसै गरेर सीमाङकन र संघीय राज्यको संख्याका बारेमा पनि एमाओवादीले लचक हुने संकेत गरेको छ । यद्यपी एमाओवादीले अन्य दलहरुसँग छलफल गरेर समग्र विवादित विषयमा सहमति खोज्ने प्रवक्ता शर्माले बताए ।

प्रतिक्रिया