नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं, २६ वैशाख । नेपाल १६ वर्षमुनिका खेलाडी सम्मिलित एसियाली क्रिकेट परिषद् (एसिसी) इलाइट कप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताअन्तर्गत मलेसियाको वायोमास मैदानमा आज भएको खेलमा नेपालले इरानलाई १६७ रनको फराकिलो अन्तरले हराएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
यसअघि बहराइन र कुवेतलाई पाखा लगाउँदै चार अङ्क जोडेको नेपाल निरन्तर विजयको मार्गमा अघि बढेको थियो ।
ब्याटिङ, बलिङ र फिल्डिङमा सन्तुलन कायम गर्न नेपाली टोली सफल भएकाले नेपालको विजय यात्रा अविराम अघि बढेको क्यानको भनाइ छ ।
यो जितसँगै छ अङ्क बटुलेको नेपालले अब आयोजक मलेसियासँग खेल्नेछ ।

प्रतिक्रिया