राष्ट्रपति र एमाले अध्यक्षवीच भेट

काठमाडौं, २५ वैशाख । सरकारमा सहभागिता आन्तरिक विवाद भईरहेका समयमा आज राष्ट्रपति रामवरण यादवसँग एमाले अध्यक्ष झलनाथ खनालले भेटबार्ता गरेका छन् ।
राष्ट्रपति निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिका विषयमा कुराकानी भएको एमाले अध्यक्ष खनालका स्वकीय सचिव रामबाबु अधिकारीले जानकारी दिए । भेटमा संविधानका विवादित विषय र सहमतिको सरकारका विषयमा पनि छलफल भएको थियो ।
अध्यक्ष खनालले भने राष्ट्रपति निवासमा पुगेका सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् ।

प्रतिक्रिया