विशालनगर कप चेस उपाधि मनीषलाई

काठमाडौं, २१  वैशाख । राष्ट्रिय च्याम्पियन फिडेमास्टर मनीष हमालले बुधबार विशालनगर कप बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । नौ चरणको खेलमा उनले ७.५ अंक बटुले जुन प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने सुरवीर लामाको भन्दा ०.५ अंकले बढी हो ।
एकदिन अघिसम्म चार खेलाडी उपाधि होडमा रहेको प्रतियोगितामा अन्तिम दिन आठां चरणको खेलमा मनीषले पिएलए स्पोर्टस क्लबका राजन पुरीलाई पराजित गरे । नवांै चरणको खेलमा उनले मदनकृष्ण कायस्थलाई हराए । आठौं चरणको समाप्तिसम्म उपाधि होडमा रहेका स्टयान्डर्ड चार्टर्ड बैंकका पुरुषोत्तम चौलागाईं नवांै चरणमा गणेशमान दुवालसँग बराबरीमा रोकिए । सात अंक भएका पुरुषोत्तम डाइरेक्ट इन्काउन्टरको आधारमा सुरवीर लामाभन्दा पछि रहँदै तेस्रो स्थानमा रहे । आठौं चरणमा सुरवीर र गणेशमान दुवालको बराबरी भएको थियो । अन्तिम चरणमा सुरवीरले सर्लाहीका महेश थापाको अपराजित यात्राको अन्त्य गरे । ६.५ अंकसहित प्रतियोगिताको अन्त्य गरेका दुवाल चौथो स्थानमा रहे ।
आठौं चरणसम्म अपराजित रहेका महेश भने ६ अंकसहित सातौं भए । उनले आठौं चरणमा सुमन लामालाई पराजित गरेका थिए । महाँकाल स्कुलका यु–१९ राष्ट्रिय उपविजेता विवेक लामा ६.५ अंकसहित पाँचां र यु–१९ राष्ट्रिय च्याम्पियन दीपज्योतिका रूपेश जायसवाल छैटांै भए । विवकेले आठौं चरणमा कृष्ण शाह र नवौं चरणमा सीताराम अग्रवाललाई हराए । रूपेशले आठां चरणमा महेन्द्र सम्बाहाम्फे र नवांै चरणमा विपिन अमात्यलाई पराजित गरे । ६ अंक भएका पिएलए स्पोर्टस क्लबका विजयजंग श्रेष्ठ नवांै तथा मखन चेस क्लबका फिडेमास्टर सुजेन्द्र श्रेष्ठ दसां भए ।
विशालनगर पुस्तकालयको स्वर्णजयन्तीको अवसरमा आयोजित प्रतियोगिताका उपाधिविजेता मनीषले १५ हजार, उपविजयी सुरवीरले १० हजार र तेस्रो स्थान पाउने पुरुषोत्तमले सात हजार रुपियाँ पाए । प्रतियोगितामा राजेन्द्रप्रसाद श्रेष्ठ, श्यामसुन्दर श्रेष्ठ, धर्मबहादुर लामा, राजन पुरी र मदनकृष्ण कायस्थ ११आंै देखि १५आंै स्थानमा रहे । उपाधि जितेपछि सौर्यसँग कुराकानी गर्दै मनीषले भने, ‘केही महिनायता मैले राम्रो प्रदर्शन गर्दै आइरहेको छु । ममा उत्साह पनि निकै बढी थियो । त्यसकारण उपाधि जित्ने कुरामा म पहिलेदेखि नै पूर्ण आशावादी थिएँ ।’
प्रतियोगितामा कास्कीका सुरज गुरुङ र पाँचथरका महेन्द्र तुम्बाहाम्फे अनरेटेडतर्फ उत्कृष्ट दुई स्थानमा रहे । १८५० मुनिको रेटिङ क्याटेगोरीमा थापाथली चेसपार्कका विपिन अमात्य र १७०० मुनि सुरज पण्डित उत्कृष्ट भए । भेट्रानतर्फ सीताराम अग्रवाल, स्थानीयमा कपिलदेव रघुवंशी तथा महिलामा विशेखा जायसवाल उत्कृष्ट भए ।
शीर्ष दुई स्थानसहित प्रतियोगिताको सुरुआत गरेका मनीष र सुरवीर अन्त्यमा पनि शीर्ष दुईमा रहे । यो परिणाम स्वाभाविक मानिए पनि प्रतियोगिताको बीचमा केही खेलाडीको प्रदर्शन अस्वाभाविक रहयो ।
पछिल्लो राष्ट्रिय खेलकुदको छनोट प्रतियोगितादेखि राम्रो लयमा रहेका सुरजले पहिलो चरणमा मदनकृष्ण कायस्थलाई बराबरीमा रोके भने सातौं चरणमा नवीन तण्डुकारलाई हराए । पहिलो चरणमै चक्रतीर्थ क्लबका ज्ञानेन्द्र महर्जनले मनीषलाई बराबरीमा रोकेका थिए । पाँच वर्षपछि फागुनमा भएको नेकोस कपमार्फत बुद्धिचाल खेलमा पुनरागमन गरेका फरक क्षमता भएका सर्लाहीवासी महेशले यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे । उनले दोस्रो चरणमा एमच्योर च्याम्पियन धर्म लामा र तेस्रो चरणमा नेपालका युथ च्याम्पियन रूपेशलाई हराए । पछिल्ला केही वर्ष राम्रो प्रदर्शन गरिरहेका गणेशमानसँग चौथो चरणमा बराबरी गरेका महेशले त्यसपछि राष्ट्रिय च्याम्पियन मनीष र अर्का परिचित खेलाडी राजनसँग बराबरी गरेका थिए । अन्तिम चरणमा भने उनी बराबरीतर्फ उन्मुख खेलमा पराजित भएका थिए ।
पाँच वर्षअघि भएको राष्ट्रियस्तरका दुई प्रतियोगितामा एकमा सातांै र एकमा चौथो स्थान पाएपछि महेश एकाएक नेपाली बुद्धिचालबाट हराएका थिए । उनले बोलेको आधारमा उनका नजिकका भाइले गोटी चालिदिने र नोटेसन लेखिदिने गरेका छन् ।

प्रतिक्रिया