नेपाली राजनीतिमा माक्र्सवादीहरू

वर्तमानका सुन्दर कल्पना, स्वस्थ सोचले विगतको अनुभव, भोगाइ र त्यसबेलाको जीवन दृष्टिसग क्रिया–प्रतिक्रिया गरी नया सिर्जनालाई जन्म दिन्छ । जीवनको नया रचना, नया राजनीति, नया संस्कृति, नया मूल्य र मान्यताका लागि त्यो नया सिर्जनाले खाल्डाहरू पुर्छ, बाटो बनाउछ र मानवीय संवेदनालाई मानवहित अनुकूल नया परिभाषा गर्छ । भावशून्य जीवन र भावशून्य परिवेश मृत्यु समान हुन्छ । लुटसंसारको मानवीय ऊर्जाले मानवीय यात्रा र मान्छे बस्ने भूगोलको राजनीतिक, संस्कृति, जीवनको रचना तहसनहस बनाउदै छ । यसले मृगतृष्णामा छट्पटिएको मृग र मरुभूमिको एकीकरण हुन पुग्छ । पुजीवादको पीडाले, त्यसका उत्पादनका साधनको असमान वितरणले, उद्योगको फैलावटले विभिन्न ऐतिहासिक कालखण्डको शोषण, दमन, अत्याचारका विरुद्ध निमुखा वर्गको हितका लागि माक्र्सले नया सिर्जना गरे । सन् १८४८ को त्यो नया“ रचनाले उथलपुथल ल्यायो । उनले कल्पना गरेको सामाजिक व्यवस्था यथार्थमा आएनन् । आयो र भयो भन्नु त्यो सिर्जनाको हत्या हो । निमुखा मानवीय शक्तिको ऊर्जालाई सत्ता र सबै सत्ताबाट समाधान हुन्छ भन्ने पूर्णतः सत्तामुखी बनाउने क्रममा माक्र्सवादको गलत व्याख्या र आफ्नो सत्ता अनुकूलको व्याख्या हुन थाल्यो ।
जन्दगीको थकाइ, जिन्दगीले न्यूनतम भात र कपडाका लागि लडेको लडाइलाई बारम्बार पराजित बनाइएको छ । माक्र्सको सेतो दारीमा कालो लगाएर रंगाउने काम उत्तर आधुनिकका माक्र्सवादीले गरिरहेका छन् । माक्र्सलाई साम्प्रदायिक बनाएका छन् । साम्प्रदायिक र जातीय समीकरणलाई २१ औं शताब्दीको उच्चतम माक्र्स चिन्तनका रूपमा नेपाली माक्र्सवादीले जनतासामु पस्किरहेका छन् । वर्गको जीवनस्तर सामाजिक उत्पादन र समान वितरणका क्रममा निरूपण हुने मान्यताका विरुद्ध हिजोको चप्पल छापहरू जो आफूलाई क्रान्तिको मसिहा भन्थे । भ्रष्ट व्यवस्था र त्यसको मूल्यलाई ध्वंस गर्नाको सट्टा आत्मसात् गर्दै नया सामन्तका रूपमा उभिएका तथाकथित माक्र्सवादीलाई के नाम दिने भन्ने सवालहरू खडा भएका छन् । सत्ताधारी पतनशीलतातिर तीव्र गतिमा स्खलित हुदै छन् । उदार अर्थतन्त्र, निजीकरण, भूमण्डलीकरण त्यसअनुरूपको उत्पादन पद्धति, सञ्चारका साधनले गरिब दिनहु गरिबीतिर जादै छ, धनीहरू दिनहु अझ धनी हुदै गएका छन् । यो सञ्जाल र पद्धतिविरुद्ध माक्र्सवादी अवधारणाअनुरूप गरिबीको हित कसरी हुन्छ, त्यसतर्फ ध्यान गएको अवस्था छैन ।
पु“जीपतिले, सामन्तले, नोकरशाहहरूले त गरिबीको मारमा परेका उत्पीडितहरूलाई शोषण गरेकै थिए, तिनकै नाममा सत्तामा पुगेकाले त्यही पद्धति दोहोर्‍याउदा समाजवाद र साम्यवादको वर्चस्वलाई बञ्चरो हान्दै ढालिरहेको अवस्थामा बजार संस्कृतिले माक्र्सवादका नेता र समर्थकबीच ठूलो अन्तरविरोध बढ्दै गएको छ । उत्पादनका साधनमाथिको स्वामित्व लोकतन्त्र गणतन्त्र कसको हुने हो रु समाजको उत्पादक शक्तिको विकासमा बाधक बनेकाप्रति साम्यवादीको मित्रतालाई के भन्ने रु ०२८ सालको सशस्त्र संघर्षको प्रतिफल चुनावी राजनीति र नेतृत्वको सत्ताकेन्द्रित मानसिकता नै भएको छ । त्यसैगरी जनयुद्धको नाममा १३ हजारको मृत्यु र कोलाहलपूर्ण देशले पुनः नया सामन्त प्राप्त गरेको छ । एक ज्ञानेन्द्रको ठाउमा सानेपा, पेरिसडाडादेखि बल्खुसम्म थुप्रै ज्ञानेन्द्रको सृष्टि भएको छ । जीविकोपार्जनका तरिकामा नया उत्पादक शक्तिले नया सामाजिक सम्बन्धमा विकास गर्छ भनेको त पुजीवादी उत्पादन प्रणालीभित्र श्रमका रक्षकहरूबाट नै श्रमिकहरू लुटिनुलाई वाम बुद्धिजीवीहरू कुन माक्र्सवाद भन्छन्, थाहा छैन ।
वर्गसंघर्षको सारलाई वर्गसमन्वय र आर्थिकरूपमा पिछडिएकालाई जातीय सोच दिने कार्यले पुनः गृहयुद्ध निम्ताउदै छ । माक्र्सवाद भनेको जीवनपद्धति हो । वर्गीय हितका लागि लडिने सन् १८४८ को शक्तिशाली सोच हो । सन् १८४८ र २०१२ सम्म थुप्रै घटना परिघटना घटिसकेका छन् । जर्मनीकी रोना पुनः स्थापित भएकी छिन्, माक्र्सवादभित्र निष्पक्ष मानवअधिकार स्थापित हुनुपर्छ भन्ने मान्यता पनि आइरहेको छ । नया“ किसिमका अन्तरविरोधको जन्म भइरहेको छ । वर्तमान विसंगति बोकेका सत्तास्वार्थी माक्र्सवादी नेतृत्वबाट सामाजिक क्रान्ति सम्भव छैन । सामाजिक क्रान्तिका लागि पुनः माक्र्सवादको जीवनोपयोगी ढंगबाट सोच्न सक्ने थुप्रै प्रणेता जनता आफैले जन्माउने बेला आएको छ । कम्युनिस्टको लहरलाई रोक्न जन्मेको प्रजातान्त्रिक समाजवाद पनि कम्युनिस्टकै दुर्दशामा रहेको छ । प्रजातान्त्रिक समाजवाद नेपालका सन्दर्भमा उनीहरूका तथाकथित समर्थकका लागि ‘खोपीको देवता’ भएको छ । माक्र्सवादी चुरोलाई पक्रिने प्रयास गर्नेहरू केही हदसम्म मदन भण्डारी, पुष्पलाल र मोहनविक्रम सिंह मात्र हुन् । त्यसैगरी प्रजातान्त्रिक समाजवादको चुरोलाई समात्न खोज्ने बिपी र कृष्णप्रसाद मात्र हुन् । सांस्कृतिक राष्ट्रवादको झन्डा बोकेर माक्र्सको विचारलाई समात्नेहरू भैसीपूजक र तन्त्रमन्त्र धारीका चेला भएको वर्तमान हो यो ।
निरन्तर विकासशील प्रक्रियामा जानाको सट्टा अक्षर र शब्दमा आङ्खनो अनुहार खोज्ने र धन कमाउने लालच राजनीतिक लज्जाबाहेक केही होइन । चन्दा आतंक, सुराकीको आरोपको आतंक, विचारमा मतभिन्नता भयो भन्दै जनयुद्धको नाममा निर्दोष मान्छे मारिने थिएनन् । मारेकामा कतै कही“ पनि अपसोच छैन । राष्ट्रवादी अब्बल हु भन्ने नेपाली वामनेताहरू भारतीय विस्तारवाद भन्दै जनमत बटुल्ने र सत्ताका लागि आत्मसमर्पण गर्ने चरित्रलाई कुन माक्र्सवादको ठेलीमा खोज्ने रु यो ठूलो बहसको विषय हो । बुद्ध र जंगबहादुर ङ्खयुजन, गान्धी र जनयुद्धको ङ्खयुजन, आंशिक प्रतिगमन सच्चिएको ठहर, जनताको बहुदलीय जनवादको नाममा संसदीय चिन्तन र सत्ताको खेतीपाती, विमतिका नाममा व्यक्ति केन्द्रित भुरे–टाकुरे राजा हुने सोचका छोटाछोटा कम्युनिस्ट चिन्तन ‘कम्बल ओढेर घ्यू खानु’ नै हो । यसलाई माक्र्सवादी चिन्तन, विचार भनिदैन । माक्र्सले शान्तिलाई विवादमा पार्नु, अशान्ति, मात्र सिर्जना गर्नु, मारकाट, लुटाखोस, नातावाद, व्यक्तिपूजक हुनु पक्कै भनेका छैनन् । वर्गसंघर्षको नाममा आलिसान जिन्दगी नेताहरूले बिताउनु पर्छ भन्ने कुरा पनि कम्युनिस्ट घोषणापत्रमा भेटिदैन । २००६ सालदेखि आजसम्मको नेपाली माक्र्सवादीको प्रजातान्त्रिक समाजवादको चिन्तनप्रति एकछिन भए पनि घोत्लिने हो कि
लेखक पशुपति क्षेत्र विकास कोषका निर्देशक हुन् ।

प्रतिक्रिया