हिमालयन च्याम्पियन

विराटनगर, २५ चैत । खेल सुरु भएको सातौं मिनेटमै गोल गरेर यति हिमालयन शेर्पा क्लब काठमाडां विराटनगरमा सम्पन्न प्रथम रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार भएको फाइनल खेलमा हिमालयनले अपि|mकन युनाइटेडलाई १-० ले पराजित गर्‍यो ।
दिनेश कार्कीले पहरा गरेको कर्नरमा रक्षक सोमबहादुर मल्लले हेड गरी टिमलाई दिलाएको अग्रता अन्त्यसम्म कायमै रहयो । यतिले सेमिफाइनल खेलमा १४औं बुढासुब्वा गोल्डकपको उपविजेता मनाङ-मस्र्याङदीलाई हराएर फाइनलमा प्रवेश गरेको थियो । अपि|mकन युनाइटेडले चाहिं मेघा थ्रीस्टारलाई पराजित गरेको थियो । गोल्डकपविजेता यति हिमालयनले दुई लाख रुपियाँ पुरस्कार पायो । उपविजेता अपि|mकन युनाइटेडले १ लाख रुपियाँ पायो । विजेता टिमलाई अखिल नेपाल फुटबल संघ -एन्फा) अध्यक्ष गणेश थापाले पुरस्कार प्रदान गरे । उपविजेता अपिकन युनाइटेडलाई प्रायोजक रमपम चाउचाउका प्रबन्ध निर्देशक महेश जाजूले पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा हरेक कोणमा उत्कृष्ट रहेको हिमालयनले फाइनलमा लगातार दबाब दिए पनि थप गोल गर्न भने सकेन । यतिले खेल सुरु भएको पहिलो मिनेटबाटै विपक्षीमाथि दबाब दिन सुरु गरेको थियो । सुरुआतमै पछि परेको अपि|mकन युनाइटेडले पनि केही राम्रा गोल अवसर भने सृजना गरेको थियो । उनीहरूले पटक-पटक गोलपोस्टमा प्रहार गरेको बल यतिका गोलकिपर विनय श्रेष्ठले सुन्दर बचाउ गरेका थिए । सुरुदेखि नै दर्शकको भरपूर समर्थन पाएको यतिले प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेर सबैको मन जितेको थियो । दोस्रो हाफमा पनि दुवै टोलीले उत्तिकै राम्रा मुभ बनाएका थिए । अन्तिम १० मिनेट भने अपि|mकन खेलाडीले निरन्तर दबाब दिए पनि यतिको दह्रो रक्षात्मक पंक्तिका खेलाडीले गोल गर्ने चाहना विफल वनाइदिए । दोस्रो हाफमा अपि|mकनले केही कर्नर र पि|mकिक पाए पनि उपयोग गर्न सकेन । यतिका प्रशिक्षक नवल गुरुङले आत्मविश्वासका साथ खेलेकाले खेल जित्न सफल भएको बताए । अपि|mकन युनाइटेडका प्रशिक्षक ओसाले आफ्नो टिमले सोचेजस्तो खेल प्रदर्शन गरे पनि दुर्भाग्यले हार व्यहोर्नुपरेको बताए ।
प्रतियोगिताका शीर्ष गोलकर्ता हिमालयनका गणेश खड्काले २१ हजार रुपियाँ पाए । प्रतियोगिताको म्यान अफ द सिरिज उपाधिधारी टोलीका गोलरक्षक विनय श्रेष्ठ भए । उनले पनि २१ हजार रुपियाँ पाए । फाइनल खेलको म्यान अफ द म्याच पनि सोही टोलीका सोमबहादुर मल्ल भए । उनले नगद ५ हजार रुपियाँ पाए ।

प्रतिक्रिया