ब्राजिलमा क्रिकेटको नयाँ रूप

रियो द जेनेरियो, २५ चैत । गरिन्चन, पेले, रोनाल्डो र रुडी हर्टम्यान । सायद यीमध्ये अन्तिम नाम सुन्नुभएको छैन होला । हर्टम्यान ब्राजिलका सबैभन्दा तीव्र गतिका बलर हुन् । फुटबलमा विश्वमाझ लोकपि्रय रहेको ब्राजिलले क्रिकेटमा भने भर्खरै विकास गरिरहेको छ । पछिल्लो दशक मात्र ब्राजिलको महिला र पुरुष क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल -आइसिसी) बाट आबद्धता प्राप्त गर्‍यो ।
ब्राजिलमा क्रिकेट अगाडि आउन धेरै चुनौती भने नभएका होइनन् । खासगरी आर्थिक अभाव र सरकारको बेवास्ता क्रिकेट विकासका लागि समस्या बने । ब्राजिलमा फुटबलभन्दा निकै अघि १९औँ शताब्दीको मध्यतिर क्रिकेट भित्रिइसकेको थियो । तर, फुटबलको जस्तो क्रेज क्रिकेटको कहिल्यै भएन ।
अधिकांश ब्राजिलियन क्रिकेटसँगै नहुर्किए पनि उनीहरू यदाकदा क्रिकेट भने खेल्छन् । ब्राजिलमा क्रिकेटको परिवर्तित रूपमा ‘टाकु’ रहेको छ । टाकु भन्नाले केटाकेटीले सडकमा खेल्ने क्रिकेटजस्तै खेल, जसमा ब्याटिङतर्फ २ ब्याट्सम्यान हुन्छन् भने फिल्डिङतिर १ बलर अनि विकेटकिपर । ‘बाउन्ड्री’ नहुने यस खेलमा ब्याट्सम्यानहरू क्रिकेटमा जसरी विकेट-विकेट दौडिएर रन लिने गर्छन् । क्रिकेटमा जस्तै यस खेलमा पनि रनआउट, बोल्ड र स्टम्पिङ हुन्छ भने विकेट जोगाउन ब्याट्सम्यानले लौरोजस्तै सामग्री प्रयोग गर्छन् । यसैकारण क्रिकेट बुझ्न सजिलो होस् भनेर यहाँका क्रिकेट संघ अधिकारीहरू केटाकेटीलाई क्रिकेटसम्बन्धी आधारभूत ज्ञान दिने गर्छन् ।
‘टाकु हेर्दै हाँसउठ्दो हुन्छ ।’ ब्राजिलको राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान मेट फिदरस्टोन भन्छन् । उनलाई ब्राजिलमा पहिलो पुस्ताका खेलाडी भन्दा फरक नपर्ला । ब्राजिलमा नयाँ पुस्तालाई क्रिकेटप्रति चासो जगाउन फिदरस्टोन लागिपरेका छन् । ब्रुमलेमा जन्मिएका उनी केन्ट दोस्रो र इङल्यान्डको एमेच्योर क्लबबाट पनि खेलेका थिए । पछि उनी ब्राजिलियन पत्नीका साथ ब्राजिल आएका थिए । पेरुविरुद्धको तीन टी-ट्वान्टी शंृखला जितेर भर्खरै मात्र ब्राजिलियन क्रिकेट टोली स्वदेश फर्किएको छ ।
ब््राजिलको सानो सहर पिकोस दे काल्दासमा बसेर उनी ससुरालीको व्यवसायलाई सघाउँछन् भने तीन घन्टाको यात्रा गरेर साओपाउलोमा क्लब क्रिकेट खेल्न पुग्छन् । ‘यसमा म आफूलाई भाग्यमानी ठान्छु किनभने श्रीमतीले मलाई सहयोग गरेकी छिन्,’ उनी भन्छन् । सन् २००० मा ब्राजिल छिर्दा फिदरस्टोनलाई यहाँ क्रिकेट खेलिन्छ भन्ने पनि थाहा थिएन । हुन पनि ब्राजिलले २००२ मा मात्र आइसिसीबाट सम्बोधन लियो भने २००६ मा मात्र आइसिसी अमेरिकन च्याम्पियनसिप खेल्नयोग्य भयो । आइसिसीले ब्राजिललाई वाषिर्क २५ हजार डलर दिने गरेको छ । ‘तर यो कर्मचारीको तलबका लागि पनि अपर्याप्त हुन्छ ।’ क्रिकेट संघको राष्ट्रिय विकास अधिकृत रहेका उनले हाँसो गर्दै भने, ‘मेले पाउने तलब त पेट्रोलका लागि मात्र ठिक्क हुन्छ ।’ खेल्नका लागि आथ्ािर्क संकट रहेको जनाउँदै फिदरस्टोन ब्राजिलका करिब ९९ प्रतिशत मानिसले क्रिकेट खेलबारे नसुनेको बताउँछन् ।
पाराना, साओपाउलो, रियो द जेनेरियो र ब्रासिलियाको संघीय जिल्ल गरी ब्राजिलमा कुल चार राज्यमा क्रिकेट खेलिन्छ । साओपाउलो र ब्रासिलियामा क्रिकेटको पूर्वाधार निकै राम्रो छ । सन् १८७२ मै स्थापना भए पनि रियो क्लबको स्थिति भने त्यति राम्रो छैन । फुटबलले प्रख्याति कमाइरहेको देशमा अर्को सुन्दर खेल क्रिकेटको पनि क्रमशः वीजारोपण भइरहेको छ, ब्राजिलमा । र, आशा गरौं फुटबलमा जसरी क्रिकेटमा पनि ब्राजिल जगमगाउनेछ ।

प्रतिक्रिया