साउदीले ओलम्पिकमा महिला नपठाउने

रियाद, २३ चैत । साउदी अरबको ओलम्पिक कमिटी प्रमुखले यसै वर्ष लन्डनमा सञ्चालन हुने गृष्मकालीन ओलम्पिकमा साउदीले महिला खेलाडी नपठाउने बताएका छन् । निजीस्तरमा उनीहरू सहभागी हुन सक्ने र सहरिया कानुन उल्लंघन नहुने सुनिश्चितापछि मात्र त्यसलाई साउदी ओलम्पिक कमिटीले सहयोग गर्ने ओलम्पिक कमिटी प्रमुख पि्रन्स नवाफ बिन फैजलको भनाइ छ । ‘हामी कुनै पनि महिला खेलाडीलाई ओलम्पिकमा पठाउने छैनां,’ फैजलले जेदाहामा आयोजित पत्रकार सम्मेलनमा भने ।
गत वर्षको अन्त्यतिर साउदी अरबका एक खेल अधिकारीले लन्डन ओलम्पिकमा आफ्ना पुरुष खेलाडीले मात्र सहभागिता जनाउने दाबी गरेका थिए । ‘साउदीमा १ हजारभन्दा बढी महिला खेलाडी छैनन् तर उनीहरू निजीस्तरमा तयारी गर्छन्,’ फैजलले अगाडि थपे । उनले निजीस्तरमा खेलिरहेका त्यस्ता खेलाडीप्रति सरकारी खेल निकायको कुनै गुनासो नरहेको बताएका छन् ।
यसअघि रियादका सञ्चारमाध्यमले इक्वेस्टे्रन जम्पिङ खेलाडी १८ वषर्ीय डाल्मा माल्हासले लन्डन ओलम्पिकमा सहभागी जनाउन सक्ने समाचार प्रकाशन गरेका थिए । माल्हासले सन् २०१० मा सिंगापुरमा सम्पन्न युथ ओलम्पिकमा कांस्यपदक जितेकी थिइन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी -आइओसी) को निमन्त्रणामा सहभागी उनलाई यहाँको ओलम्पिक कमिटीले भने सिफारिस गरेको थिएन ।
गत फेबु्रअरीमा न्युयोर्कमा मुख्य कार्यालय रहेको हयुमेन राइट्स वाट्चले साउदी अरबमा महिलालाई खेलकुदमा सहभागी हुनेखालको संरचना रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । गत वर्षको जुलाईमा आइओसीको महिला तथा खेलकुद समितिकी प्रमुख अनिता डेपन्ट्जले खेलकुद प्रतियोगितामा सहभागी नगराउने साउदी अरबसहित कतार र बु्रनेईको चर्को आलोचना गरेकी थिइन् । सन् २०२० को ओलम्पिक आयोजनाका लागि दाबी गरिरहेको कतारले भने लन्डन ओलम्पिकमा महिला खेलाडी पठाउने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया