आइभन र प्रनव उपाधिनजिक

काठमाडौं, २२ चैत । आइभन हो लिसानेविच र प्रनव कायश्थ चौथो केसा ग्रुप–जेटीआई (जुनियर टेनिस इनिसिएटिभ) जुनियर खुला टेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्सको फाइनलमा प्रवेश गरेका छन् । बुधबार सातदोबाटोस्थित टेनिसकोर्टमा भएको सेमिफाइनलमा आइभनले आभाष मल्ललाई ६–० र ६–० तथा प्रनवले सक्षम कार्कीलाई ६–३ र ६–४ को सोझो सेटमा पाखा लगाए ।
सोही स्पर्धाको गल्र्समा विभूति कार्कीले फाइनल यात्रा तय गरिन् । विभूतिले पूनम श्रेष्ठमाथि ६–१ र ६–२ ले पराजित गरिन् । फाइनलमा विभूतिले पहिलो सेमिफाइनलकी विजेता राष्ट्रिय च्याम्पियन अश्लेषा लिसानेविचको सामना गर्नेछिन् । यु–१० ब्वाइज सिंगल्समा सम्यकभूषण वज्राचार्य र प्रशान्त बस्नेतले फाइनलमा स्थान पक्का गरे । सम्यकले सत्यप इलिमलाई ६–० र ७–५ तथा प्रशान्तले स्वराज केसीलाई ६–१ र ६–२ ले हराए ।
अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा संरक्षकभूषण वज्राचार्य र रेन्जन लामा फाइनलमा पुगे । संरक्षकले अञ्जन थिङको चुनौती ६–१ र ६–१ ले समाप्त पारे भने रेन्जनले प्रनव खनाललाई ६–२ र ६–३ ले हराए । यु–१२ गल्र्स सिंगल्समा मायांका राणाले इरा एम राउतलाई ६–२ र ६–१ तथा एनि माथेमाले माहिका राणालाई ७–५ र ६–४ ले हराउ“दै फाइनलमा स्थान बनाए । यु–१४ ब्वाइज सिंगल्समा आइभन हो लिसानेविचले रेन्जन लामालाई ६–१ र ६–१, आभाष मल्लले सक्षम कार्कीलाई ६–२ र ६–२, प्रनव कायश्थले दीपेश हमाललाई ६–२ र ६–१ तथा सुबोध उदासले अञ्जन थिङलाई ६–२ र ६–२ ले पन्छ्याउ“दै सेमिफाइनलमा स्थान सुरक्ष्ँित गरे ।
सोही स्पर्धाको गल्र्समा विभूति कार्कीले छिमी शेर्पालाई ६–० र ६–०, मायांका राणाले शिवालिका राणालाई ७–५ र ६–०, एनि माथेमाले मन्जिता न्याछःलाई ६–२ र ६–१ तथा विजिशा श्रेष्ठले मेधावी गिरीलाई ६–१ र ६–१ ले हराउदै अन्तिम चारमा प्रवेश गरे ।

प्रतिक्रिया