युद्धबीचबाट दौडिएको अफगान खेलकुद

काबुलः सन् १९९० को दशकसम्म अफगानिस्तानको खेलकुद ‘राजनीतिक’ कारणले मात्र चर्चामा थियो । ओलम्पिकसहितका अन्तर्राष्ट्रिय ठूला प्रतियोगितामा लामो समयदेखि सहभागी रहँदै आए पनि कमजोर उपस्थितिका कारण खेलकुद मानचित्रमा खासै प्रभाव छाड्न नसकेको अफगानिस्तान २०आं शताब्दीको अन्त्यतिर भने खेलकुदका समाचारमा छायो, राजनीतिक कारणले ।
राजनीतिक यस मानेमा कि खेलकुदका संरचना राजनीतिक प्रयोगार्थ बनाइयो । सन् १९९० को दशकतिर युद्धरत तालिवानले राजधानी काबुल कब्जासँगै ‘नेसनल स्पोटर्स अफ अफगानिस्तान’लाई प्रतिबन्ध गर्‍यो भने राजधानीस्थित गाजी रंगशाला पनि सार्वजनिक मृत्युदण्डका लागि प्रयोग गरियो । क्रिकेटबाहेकका अधिकांश खेल तालिवानबाट प्रतिबन्धमा परे । तालिवान र राजनीतिक कारण अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल -आइओसी) ले ओलम्पिकमा अफगानिस्तानलाई सहभागी हुनबाट प्रतिबन्ध गर्‍यो ।
यसले करिब आधा शताब्दीदेखि विश्वको सबैभन्दा ठूलो खेलकुद कुम्भमा सहभागी हुँदै आएको अफगानिस्तानलाई एकाएक चर्चामा ल्यायो । सन् १९०० को सुरुआतमै अफगानिस्तानमा गोल्फ र टेनिसजस्ता खेल भित्रिइसकेका थिए । सन् १९२३ मै काबुलमा गाजी रंगशालाको निर्माण भएको थियो । २५ हजार दर्शक अट्ने क्षमताको सो रंगशाला निर्माण भएको करिब एक दशकपछि मात्र त्यहाँ फुटबल संघ गठन भयो र सन् १९३६ मा पहिलोपटक अफगानिस्तान ग्रीष्मकालीन ओलम्पिकमा सहभागी भएको थियो । तर, यी यावत् विकासक्रमका बीच सन् २००० सम्म अफगानिस्तानले अन्तर्राष्ट्रिय खेलकुम्भहरूमा एउटै पदक पनि जित्न सकेको थिएन ।
तर नयाँ शताब्दीको पहिलो दशकमा अफगानिस्तानले राजनीतिक रूपमा कोल्टे फेर्न नसके पनि खेलकुदका माध्यमबाट राष्ट्रिय गौरव हासिल गर्न सफल भयो । विदेश भूमि -पाकिस्तान)मा क्रिकेट संघ गठन भएको ६ वर्षपछि मात्र अफगानिस्तानले सन् २००१ मा राष्ट्रिय क्रिकेट टिम तयार गर्‍यो र सोही वर्ष अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल -आइसिसी)को सदस्य बन्यो । त्यसको एक वर्षपछि आइओसीले तीन वर्षअघि लगाएको अनिश्चित प्रतिबन्ध फुकुवा गर्‍यो । एक-एक वर्षको अन्तरालमा अफगानिस्तानले ठूला खेलका अन्तर्राष्ट्रिय निकायसँग सम्बन्धन लिन थाल्यो । सन् २००३ मा अफगानिस्तानले एसियाली क्रिकेट काउन्सिल -एसिसी)बाट पनि सम्बन्धन लियो । घरेलु खेलकुदले अन्तर्राष्ट्रिय क्षेत्रमा वातावरण बनाउने काम अझ तीव्र बन्यो । सन् २००४ मा अफगानिस्तान पारा ओलम्पिक्स फेडेरेसन स्थापना भयो । सोही वर्ष प्रतिबन्धपछि पहिलोपटक उसले ओलम्पिकमा सहभागिता जनायो जसमा पहिलोपटक महिला खेलाडीले सहभागिता जनाए । कुनै उपलब्धि हात पार्न नसके पनि बन्द समाजभित्रबाट माथि उठ्दै महिलाहरूले अन्तर्राष्ट्रिय खेलकुदको अनुहार देख्ने मौका पाए ।
बन्दको अवस्थामा रहेको गोल्फ क्लब पनि सोही वर्ष खुल्यो । हयान्डबल संघले पनि विश्व महासंघबाट सदस्यता लियो । सन् २००५ मा अफगानिस्तानले एसिसी यु-१५ प्रतियोगितामा फाइनलसम्मको यात्रा तय गर्‍यो । त्यसको एक वर्षपछि अफगानिस्तान मध्यपूर्वी क्रिकेट प्रतियोगितामा उपविजेता बन्यो । सन् २००७ मा मिक्स मार्सलआर्ट्स फाइटर सहरयार बहादुरजादा, जापानका सिकोउ योमासितालाई हराएर सुटोलाइट हेविवेट च्याम्पियनसिपको उपाधि जित्न सफल भएका थिए । सोही वर्ष बास्केटबल संघ गठन भयो भने महिला बक्सिङ संघ पनि आयो । अफगानिस्तान र ओमानले एसिसी टी-ट्वान्टी कपको उपाधि बाँडे । सोही वर्ष अफगानिस्तानले उसुका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता सुरु गर्‍यो भने महिलाका लागि पहिलोपटक बडिबिल्डिङ क्लब खोलियो । सोही वर्ष अफगानिस्तान एसिसी यु-१९ प्रतियोगितामा उपविजेता भयो ।
सन् २००८ मा पहिलोपटक अफगानिस्तानमा महिला भारोत्तोलन प्रतियोगिता भयो । सोही वर्ष अफगानिस्तानले अन्तर्राष्ट्रिय खेलकुदमा अभूतपूर्व उपलब्धि हात पार्‍यो । बेइजिङमा सम्पन्न ओलम्पिकमा तेक्वान्दो खेलाडी रोहुुल्ला निकपाईले स्पेनका विश्व्च्याम्पियन जुआन एन्टोनियो रामोसलाई हराएर कांस्यपदक जिते । सोही वर्ष आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन फाइभ र फोरको च्याम्पियन बन्दै अफगानिस्तान तेस्रोमा उक्लियो । त्यस्तै एसिसी एलाइट कपमा पनि तेस्रो स्थान हात पार्‍यो । सन् २००९ मा एकदिवसीय विश्वकपको छनोटमा शीर्ष पाँचमा पर्दै आइसिसीबाट एकदिवसीयको मान्यता प्राप्त गर्‍यो । सन् २०१० मा अफगानिस्तानले दक्षिण एसियाली खेलकुद -साग) प्रतियोगितामा सात स्वर्ण, नौ रजत र १६ कांस्य गरी कुल ३२ पदकका साथ अफगानिस्तान छैटां स्थानमा रहयो । सो क्षेत्रीय प्रतियोगितामा अफगानिस्तानले तेक्वान्दोमा तीन, भारोत्तोलन र करातेमा समान दुई र बास्केटबलमा एक स्वर्ण जित्यो । त्यसो त अन्य खेलमा पनि उसको उपस्थिति बलियो रहयो । अफगानिस्तानले उसुमा तीन, कुस्तीमा दुई, तेक्वान्दो, कराते, बक्सिङ र फुटबलमा समान एक रजतपदक प्राप्त गर्‍यो । सन् २००० को पहिलो दशकझंै खेलकुदमा अफगानिस्तानको प्रगतिको रफ्तार दोस्रो दशकमा अझ तीव्र भएको छ ।
सन् २०११ मा अफगानिस्तानले आठां दक्षिण एसियाली बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि हात पार्‍यो । त्यस्तै तेस्रो युएसए क्युकोसिन-काइकान कराते च्याम्पियनसिपमा अफगानिस्तानका मोहम्मद सेयार अजादानीले कातातर्फ स्वर्णपदक हात पारे । यही वर्ष उसले एसिसी टी-ट्वान्टीको उपाधि जित्यो भने दक्षिण एसियाली फुटबल च्याम्पियनसिप -साफ)मा दोस्रो स्थान हात पार्‍यो । त्यस्तै अफगान महिला ब्क्सरले विश्व युथ एन्ड जुनियर च्याम्पियनसिपमा सहभागिता जनाए ।
यस वर्ष अर्थात् सन् २०१२ मा अफगान बक्सर हमिद रहिमीले इन्टेरियम वल्र्ड बक्सिङ युनियन मिडिलवेट च्याम्पियनसिपमा स्वर्ण हात पारिसकेका छन् । क्रिकेटले अफगास्तिानलाई नयाँ उचाइ दिएको छ । केही साताअघि सम्पन्न आइसिसी टी-ट्वान्टी विश्व्ाकपको विश्वस्तरको छनोटमा अफगानिस्तानले प्रभावशाली प्रदर्शन गर्‍यो र लगातार दोस्रोपटक सहभागिता निश्चित गर्‍यो ।
क्रिकेटबाट सफलताको उचाइ टेक्न थालेको अफगानिस्तान अहिले क्षेत्रीय रूपमा बलियो खेल शक्तिराष्ट्रका रूपमा विकास भइरहेको छ । तीव्र गतिमा अगाडि बढिरहेको उसले मार्सलआर्टमा विश्वस्तरमै राम्रो छाप बनाउँदै लगेको छ । यसका अतिरिक्त महिलालाई खेलकुदमा सहभागी गराउनुहुन्न भन्ने संस्कारबाट क्रमशः मुक्त हँुदै अफगानिस्तान बिगि्रएको राजनीतिक छविबाट आजित त्यहाँका जनतालाई खेलकुदका माध्यमबाट आशा भर्ने बाटोमा देखिएको छ । अफगानिस्तानमा अझै पनि युद्ध जारी छ । तर, त्यस्तौ कुनै भान हुँदैन जब उसले पछिल्लो समयमा प्राप्त अन्तर्राष्ट्रिय सफलताको सूची तयार हुन्छ ।

प्रतिक्रिया