अफिरिकन युनाइटेड सेमिफाइनलमा

विराटनगर  अफिरिकन युनाइटेड क्लब, नाइजेरिया विराटनगरमा सञ्चालन भइरहेको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार उसले पूर्वाञ्चल-११, मोरङलाई २-१ ले हराएको हो ।
८५आं मिनेटमा इदि्रसले पि|mकिकमार्फत टोलीको जित सुनिश्चित गरेका थिए । पहिलो अग्रता भने २३आंै मिनेटमा प|mेडी एनसनले दिलाएका थिए । राष्ट्रिय टोलीका कप्तान सागर थापासहित तीन नेपाली खेलाडी समावेश गरेको अपि|mकन युनाइटेडले सुरुआतदेखि नै राम्रो प्रदर्शन गर्‍यो । खेलमा लगातार दबाब व्यहोरे पनि पूर्वाञ्चल-११ ले १२ मिनेटको अन्तरमै खेललाई बराबरीमा ल्याइपुर्‍याएको थियो । अनिल धिमालको पासलाई सदुपयोग गरी लक्ष्मी श्रेष्ठले खेललाई बराबरीमा पुर्‍याएका थिए । पूर्वाञ्चल-११ का प्रशिक्षक पारस चौधरीले राम्रो खेल प्रदर्शन गरेको भए पनि अपि|mकन खेलाडीलाई ‘फिजिकल एडभान्टेज’ भएको बताए । नाइजेरियन टोलीका प्रशिक्षक ओसाले जितप्रति आफू पहिलेदेखि नै ढुक्क भएको बताए । म्यान अफ द म्याच पूर्वाञ्चलका सागर थापा भए । उनले नगद ५ हजार रुपियाँ पाए ।

प्रतिक्रिया