एमाओवादीको प्रस्तावमा नजिक छौं

नेपालगन्ज, १६ वैशाख । सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले एमाओवादीले संघीय प्रदेश निर्माण सम्बन्धी प्रस्तावका नजिक आफूहरु रहेको बताएका छन् ।
नेपालगञ्जमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पहिचान र सामथ्र्यको आधारमा संघीय प्रदेश निर्माण हुनुपर्छ, एमाओवादीले प्रस्तुत गरेको १० प्रदेशको पक्षमा सहमति हुन आधार देखिएको छ ।’
संघीय राज्य निर्माणको विपक्षमा उभिने जो कोही पनि परिवर्तनका विरोधी भएको आरोप लगाउदै सञ्चारमन्त्री यादवले एकात्मक शासन प्रणालीभन्दा संघीय शासन प्रणालीले जनताबीचको आन्तरिक सम्बन्धलाई प्रगाढ बनाउने दाबी गरे । उनले राज्यको पुनर्संरचना गर्दा खण्डित मधेस आफ्नो दललाई स्वीकार्य नहुने बताए ।

प्रतिक्रिया