राष्ट्र बैंक भलिबलमा माछापुच्छ्रे प्रथम

काठमाडौं : नेपाल राष्ट्र बैकको ५७औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित अन्तरबंक भलिबल प्रतियोगितामा माछापुच्छ्रे बैंक लिमिटेड प्रथम भएको छ । राष्ट्र बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष अन्तरबंक भलिबल प्रतियोगिताको आयोजना विगत केही वर्षदेखि निरन्तररूपमा गर्दै आएको छ ।
प्रतियोगितामा नेपाल राष्ट्र बैंकलगायत १२ वटा ‘क’ वर्गका वाणज्य बंकका भलिबल टिम सहभागी थिए । आयोजक राष्ट्र बंकको थापाथलीस्थित बंकिङ कार्यालयको भलिबल मैदानमा भएको फाइनलमा माछापुच्छ्रे प्रतिद्वन्द्वी कुमारी बैंक लिमिटेडलाई १५–२५, २५–१९, २५–२२ र २५–१६ ले हराएर विजेता बन्न सफल भएको हो । प्रतियोगितामा सहभागी वाणिज्य बैंकहरूलाई ४ समूहमा राखी लिग कम नकआउटको आधारमा खेलाइएको थियो ।
यस किसिमका प्रतियोगिताले केन्द्रीय बैंक र सरकारी तथा निजी क्षेत्रका वाणिज्य बैंकका कर्मचारीबीच आपसी सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । विजेतालाई नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले शिल्ड, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । (सौस)

प्रतिक्रिया