‘आमाको सपना’ जो अझै साकार भइसकेको छैन

मलाई अत्यधिक मन पर्ने नेपाली कविताका पुस्तकहरूमा ‘आमाको सपना’ पहिलो नम्बरमै आउछ र त्यसका प्रभावहरू मेरो मानसमा स्थायी भएर बसेका छन् । रिमाल नै मेरो पाठकीय र लेखकीय जीवनमा त्यस्ता आदर्श कवि बन्न पुगेका छन्, जसको विचार अभिव्यक्तिको शैलीलाई म अत्यधिक मन पराउछु । यस सानो पुस्तकका सबै कविता उत्तिकै महत्वपूर्ण, आकर्षक र प्रभावशाली छन् तथापि ‘आमाको सपना’  र ‘….प्रति’ कविता मेरा लागि विशेष प्रिय कविता हुन् ।
दैलेखको विकट गाउमा मेरा पिता उदयराम अधिकारी जन्मेको ठीक एक वर्षपछि सन् १९१८ मा काठमाडौंमा जन्मी १९७३ मा देहत्याग गरेका महान् नेपाली कवि गोपालप्रसाद रिमालले ‘आमाको सपना’मार्फत मेरो किशोरावस्थामै गद्य कविताप्रतिको सम्मान भाव जागृत गराएका थिए । डा. तारानाथ शर्माले सम्पादन गर्नुभएको त्यो सानो पुस्तक जहिले पनि मेरो सिरानीछेउ हुने गथ्र्यो । त्यसका थुप्रै प्रति मेरो दराजबाट हराइसकेका छन् र अहिले मसग एक प्रति पनि बाकी छैन ।
भूपी शेरचनकै नारायणचौरस्थित निवासमा उहा र म दुईजना (अग्रज र अनुज कवि) को भेटलाई स्मरण गर्न यहा“निर सान्दर्भिक हुन्छ । अल्बेयर कामुको सानो तर विश्वविख्यात उपन्यास ‘द स्ट्रान्जर’ पल्टाएर पलङमा पल्टेर पढिराख्नुभएको थियो भूपी । म पुगेपछि उहाले आधुनिक नेपाली कविताको चर्चा थाल्नुभयो । हाम्रा संवादको बीचमा उहाले भन्नुभएको थियो– ‘हेर्नोस्, हामी त देवकोटा र रिमालका स्वस्थ सन्तान हौ ।’ यसको गूढार्थ थियो– केही अस्वस्थ सन्तानहरू पनि अस्तित्वमा छन् ।
‘आमाको सपना’ मा सबैभन्दा सर्वोत्कृष्ट कविता शीर्षक कविता नै हो यद्यपि रिमालको गद्य कविताका अन्य सुन्दरतम बान्कीहरू पनि त्यस सानो तर नेपाली साहित्यको अत्यन्त सम्मानित पुस्तकमा छन् । ‘रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो’ जस्तो अत्यन्त गेयात्मक  र लोकप्रिय राष्ट्रिय धारको गीति कविता पनि यसैमा छ । ‘…प्रति’ त्यस्तो कविता हो जसमा  कला र व्यक्तिका निजी उद्दाम सौन्दर्यको उपासनासग  विद्रोह र परिवर्तनको कामनालाई जोडिएको छ । कलामा यसप्रकारको संयोजन अत्यन्त प्रिय र आल्हादकारी अनुभव हुन्छ ।
सपना देख्ने यो तरिका नेपाली कवितामा भिœयाउने श्रेय कवि रिमाललाई नै जान्छ । उनले गद्यमा एक शब्द पनि अपव्यय नगरी काव्यकलाको उत्कृष्ट नमुना प्रस्तुत गरेका छन् । जतिबेला संस्कृतका मात्रिक र वार्णिक छन्दमा कविता मौलाउदो थियो, जतिबेला देवकोटाजस्ता महान् प्रतिभाले छन्दमा पनि चमत्कार प्रदर्शन गरिरहेका थिए र जतिबेला माधव घिमिरेजस्ता छन्दका कुशल शिल्पीको प्रतिभा अझै सुषुप्त अवस्थामा थियो, त्यतिबेलै रिमालले सरल तर प्रभावकारी गद्यमा नेपाली कविताको उच्चतम नमुना देखाइसकेका थिए । त्यसैले ‘आमाको सपना’ नेपाली कविताको एक कोसेढुंगा हो, काव्यमा गद्य सामथ्र्यको दृष्टान्तयोग्य कृति हो र कलामा सामाजिक दायित्वलाई मुखर अभिव्यक्ति दिन समर्थ कलारचना हो ।
कवि नेपाललाई सामन्तशाहीबाट मुक्त गर्न चाहन्थे, जसले उनलाई एक स्वप्नशील कवि बनायो । त्यो सपना उनले कवितामार्फत सबैसग बाडेका थिए र नेपालीका मन–मनमा चेतनाको दियो बालेका थिए । मुलुकमा आज महान् कवि रिमालले खोजेको परिवर्तनको आभास राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाका रूपमा मिलेको छ । त्यो प्राप्तिका लागि भएका सबैजसो आन्दोलनको पाश्र्वभूमिमा हामीले सडक प्रदर्शन गर्दा होस् वा विद्रोही कविताको रचना गर्दा होस् ‘आमाको सपना’ ले हामीलाई प्रेरित गरिरहेको हुन्थ्यो । आज पनि उनका कविताको महत्ता उत्तिकै छ । स्वप्नशील आमाको चाहनामा विद्रोहको यो सुसंगत चेष्टा यसरी मुखरित भएको छः
मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जादा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिदै बिदा हुनेछौ
मैले यसरी रोगीलाई भैm तिम्रो कपाल
मुसारिरहनुपर्ने छैन
हेरौला, त्यो हुरी भएर आउनेछ,
तिमी पात भएर पछ्याउनेछौ †
प्रष्ट छ, त्यो हुरी क्रान्ति र परिवर्तनको हुरी थियो ।  छोराले त्यस हुरीको रूप लेला भन्ने आमाको पवित्र कामना थियो– ‘त्यो तिमी नै हौला भन्ने मेरो यौवनभरिको सपना थियो †’ तर, त्यसरी  प्रिय छोरामा त्यो गुण र लक्षण नदेखेपछि आमाले समयको त्यस हुन्डरीमा छोराहरू पातजस्तै पछ्याउने उद्घोष गर्छिन्–
जे होस् त्यो आउछ
म आमा हु, सारा सृजनशक्तिको मुख भएर
म भन्न सक्तछु,
त्यो आउछ,
मैले यो कुनै अल्छी सपना देखेको होइन
डा. तारानाथको संक्षिप्त सम्पादकीय भूमिकासहित अति थोरै पृष्ठको यो सानो पुस्तक धर्मभीरु हिन्दुका लागि गीता, क्रिस्चियनका लागि बाइबल र मुसलमानका लागि कुरानजस्तै स्वप्नशील र परिवर्तनकामी पाठकहरूका लागि अनिवार्य पुस्तक हो । यसमा जति थोरै  कविता भए पनि तिनले हाम्रो सोचाइको धरातललाई समृद्ध पार्ने क्षमता राख्छन् ।
अर्को महान् कविता ‘…प्रति’ मा रिमाल भन्छन्–
यो गाउ–घरमा, यो सहरमा
प्रेम मात्र पर्याप्त छैन,
यहा स्वस्थ स्पष्ट गर्भाधान हुनुपर्छ,
यहा बुद्ध जन्माउनुपर्छ, यहा“ लेनिन जन्माउनुपर्छ
छोराछोरीको अनुहारजस्तो अर्को कुनै
आपूm देखिने ऐना छ ?
यहा आत्मदर्शन हुनुपर्छ ।
वास्तवमा कवितामा साहसको यति औचित्य र सुरुचिपूर्ण प्रयोग दुर्लभै पाइन्छ र नेपाली कवितामा त्यो रिमालमै पाइन्छ । रिमाल नेपाली कविताका सर्वोच्च हिमाल हुन्, जसले प्रेमलाई क्रान्तिसग जोडेका थिए, साधारण नेपाली भाषालाई गहन काव्यभाषा प्रदान गरेका थिए र कवितालाई मुक्तिवाहिनी बनाएका थिए । उनले चाहेको परिणाम अझै हामीले पाउन बाकी नै छ र उनकै कविताबाट भनिरहनु परेको छः
ओ युवती, ओ रूपवती,
अर्कोचोटि तिमीलाई भेट्दा
म तिमीलाई सोभैm भन्नेछु–
‘म तिमीलाई गर्भाधान गर्छु ।’

प्रतिक्रिया