शेर्पासँग जावलाखेलको हार

काठमडौ, ६ वैशाख । यति हिमालयन शेर्पा क्लब तेस्रो बि्रटिस गोर्खाकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा हिमालयन शेर्पाले बुधबार भएको खेलमा सामसुङ जावलाखेल युथ क्लबलाई १-० ले पराजित गरेको हो ।
हिमालयन शेर्पालाई जित दिलाउने क्रममा दिनेश कार्कीले ६४आं नेटमा निणर्ायक गोल गरे । उनले अफसाइड ट्रयाप बिट गर्दै बीच भागबाट बललाई अघि बढाएका थिए । १०औं मिनेटमा जावलाखेलका प्रतिभाशाली मिडफिल्डर प्रबिन कार्कीको प्रहार क्रसबारमा लागेर र्फकनु दुर्भाग्यशाली सावित भयो । ८०औं मिनेटमा प्रदीप महर्जनको प्रहार पनि बारमा लाग्नु जावलाखेलका लागि थप दुर्भाग्यशाली सावित भयो । ६०औं मिनेटमा राज पौडेलले वानभर्सेस वानमा राम्रो अवसर गुमाए । यसैगरी ७३औं मिनेटमा प्रदीप पनि वानभर्सेस वानमा गोल गर्न चुके । खेलमा आकर्षक रहेका प्रबिनले एउटा राम्रो प्रहार गोलपोस्टको छेउबाट बाहिरिएको थियो । कार्कीको उक्त मुभबाहेक अन्य अवस्थामा जावलाखेलको प्रभाव शून्य रहेको थियो । ५४औं मिनेटमा जावलाखेलले अर्को महत्त्वपूर्ण अवसर गुमाएको थियो । ३६औं मिनेटमा पुकार गहतराजको प्रहार पनि त्यसैगरी बाहिरिएको थियो ।
खेलको पहिलो आक्रमण भने हिमालयन शेर्पाले बुनेको थियो । पाँचौं मिनेटमा दिनेशको प्रहार बारको मुनिबाट जावलाखेलका गोलरक्षक मीन बस्नेतले मुश्किलले बाहिर फालेका थिए । २०औं मिनेटमा जाङबु शेर्पाले जसबहादुर राईलाई राम्रो बल उपलब्ध गराइदिए पनि जावलाखेलका रक्षक सुशील शाहले राम्रो टयाकल गर्दै यसलाई बचाए ।
गत सत्रको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो स्थानमा रहेको जावलाखेल र राष्ट्रिय लिगको उपविजेता हिमालयन शेर्पाबीचको खेलमा दुवै टोली गत सत्रभन्दा भिन्नरूपमा देखिएका थिए । जावलाखेलका थुप्रै खेलाडी मच्छिन्द्र क्लब पुगेपछि प्रदीप महर्जन र राजकुमार केसी जावलाखेलको मैदानमा देखिएका हुन् ।
यसैगरी दुई सत्र मनाङ-मस्र्याङदी क्लबलाई बि्रटिस गोर्खाकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गराए पनि क्लबबाट उपेक्षित गणेश खड्काको प्रेरणादायी प्रदर्शनमा हिमालयन शेर्पा अघि बढेको छ । दुवै फ्लान्कमा जुझारु रहने र विपक्षी रक्षकका लागि सधैं टाउको दुखाइको पात्र बन्ने गरेका खड्काको सानदार खेलले नै हिमालयन शेर्पाले विराट गोल्डकपको उपाधि जितेको थियो । यसैगरी खड्काले थ्रीस्टारलाई उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि पनि दिलाएका थिए । जावलाखेल क्लबका रक्षक सचिन्द्र धिमाल पनि हिमालयन शेर्पा पुगेका छन् ।

प्रतिक्रिया