फ्रेन्ड्स क्लब क्वार्टरफाइनलमा

काठमाडौं, ४ वैशाख । पहिलो हाफमा दुई गोल गरेको फ्रेन्ड्स क्लब ब्रिटिस गोर्खाकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा फ्रेन्ड्सले एनआरटीलाई २–१ ले पराजित गरेको हो । फ्रेन्ड्सका लागि दिवस गुरुङ र प्रकाश बुढाथोकीले गोल गरे । दोस्रो हाफको सुरुआतमै सुशील केसीले आङ्खनो पूर्वक्लबविरुद्ध गोल गर्दै एनआरटीलाई खेलमा फर्काउने प्रयास गरे पनि उनको प्रयास सफल भएन ।
फ्रेन्ड्सलाई पहिलो अग्रता दिलाउने क्रममा १८ औं मिनेटमा दिवसले सुवास गुरुङ र एनआरटीका गोलरक्षक लक्की कार्कीलाई काट्दै आकर्षक गोल गरे । ३१ औं मिनेटमा प्रकाश बुढाथोकीले गरेको गोल भने प्रतियोगिताकै आकर्षक थियो । बुढाथोकीले लक्ष्मण सुचालसग पछाडिबाट आएर बल खोस्दै ३० यार्डबाट सानदार गोल गरे । एनआरटीका तेज मिडफिल्डर सुशीलले फ्रेन्ड्सको डिबक्समा पाएको बललाई गोलपोस्टको दिशा दिए । दोस्रो गोल गरेका प्रकाश खेलका म्यान अफ द म्याच घोषित भए ।
चालु सत्रमा टोलीलाई नया संरचना दिने क्रममा केही दिनअघि फ्रेन्ड्सका अधिकारी कैलाली पुगेर ६ खेलाडी अनुबन्ध गरेका थिए । गत सत्र हिमालयन शेर्पामा आबद्ध भएका दीपक गुरुङलाई क्लबमा भिœयाउदै फ्रेन्ड्सले टोलीको नेतृत्व गर्ने जिम्मेवारी दिएको थियो । दीपकसगै गत सत्र धेरैजसो हिमालयन शेर्पाको बेन्चमा बिताएका रीतेश मल्ल पनि फ्रेन्ड्समा आबद्ध भएका थिए । खेलको अधिक समय मैदानमा फ्रेन्ड्स क्लब हाबी भएको थियो ।

प्रतिक्रिया