स्वर्णपछि पनि ओलम्पिक यात्रा अन्योलमै

जोहानसबर्ग, ३ वैशाख । आठ सय मिटर दौडकी विश्वच्याम्पियन धाविका सेमेन्या कास्टरले राष्ट्रिय च्याम्पियनसिपमा पहिलो स्थान रक्षा गरे पनि उनको लन्डन ओलम्पिक छनोट भने अन्योलमै रहेको छ । शनिबार राति भएको प्रतिस्पर्धामा यी दक्षिण अपि|mकी धाविकाले २ मिनेट २ दशमलव ६८ सेकेन्डमा निर्धारित दूरी पूरा गरेपछि स्वर्ण जिते तापनि लन्डन ओलम्पिकमार्फत अेालम्पिक डेब्यु गर्ने उनको सपना पूरा हुने विषय अन्योलमा रहन पुगेको हो । ओलम्पिक छनोटका लागि उनले कम्तीमा १ मिनेट ५९ दशमलव ९ सेकेन्डमा सो दूरी पूरा गर्नुपर्ने थियो ।
‘म सन्तुष्ट छु किनभने उपाधि रक्षा गर्न सफल भएँ,’ जितपछि सेमेन्याले भनिन् । खेलको सुरुआतबाटै उनले प्रतिस्पर्धामा अग्रता लिएकी थिइन् । उनले ओलम्पिकमा यस प्रतियोगिताबाट छनोट हुन नसकेकोमा भने दुःख लागेको बताइन् । ‘ओलम्पिक छनोटका लागि आवश्यक समयमा दूरी पूरा गर्ने लक्ष्यका साथ म सहभागी थिएँ तर त्यो पूरा भएन । यसमा चाहिँ दुःख लागेको छ तर हामीमा धैर्य हुनुपर्छ, विस्तारै सबै ठीक हुन्छ,’ सेमेन्याले थपिन् । विश्वच्याम्पियनसिपको एक संस्करणअघि स्वर्ण जितेकी सेमेन्याले गत संस्करणमा भने रजतमा चित्त बुझाउनुपरेको थियो ।
लगातार दोस्रोपटक राष्ट्रिय च्याम्पियन बने पनि सेमेन्याले यस सिजनमा २ मिनेटभन्दा कम समयमा आठ सय मिटर दूरी पूरा गर्न सकेकी छैनन् । सन् २००९ मा लैंगिक विवादमा परेपछि करिब ११ महिना ट्रयाकबाट बाहिर बसेकी २१ वषर्ीया सेमेन्याले लन्डन ओलम्पिकमा सहभागिता तय गर्न निर्धारित न्यूनतम समयमा आफ्नो दूरी पूरा गर्नुपर्नेछ ।

प्रतिक्रिया