मिलन र अश्लेषा एलए टेनिस च्याम्पियन

काठमाडौः छैटौ एलए कप अन्तरकलेज खेलकुद प्रतियोगिताअन्तर्गत टेनिस एकलको पुरुषमा जेम्सका मिलन रोका र महिलामा द बि्रटिस स्कुल -टिबिएस) की अश्लेषा लिसानेविच बिहीबार च्याम्पियन बनेका छन् ।
हात्तीवनस्थित लिटिल एन्जल्सको कोर्टमा भएको पुरुष फाइनलमा मिलनले पोखराको जनपि्रय मल्टिपल कलेजका तारामान गुरुङलाई ३-६, ७-६ र ६-३ ले पराजित गरेका हुन् । पुरुष टेनिसमै नवकिरणका गगन महर्जन र पि्रमियरका राजकुमार लामा तेस्रो स्थानमा रहे ।
महिला टेनिसको एकल उपाधि भिडन्तमा राष्ट्रिय च्याम्पियन अश्लेषालाई प्रतिद्वन्द्वी गोल्डेनगेटकी पवित्रा गुरुङलाई ६-० र ६-० ले सहजै पराजित गर्न खासै परिश्रम गर्नुपरेन । प्रतियोगिताभर अश्लेषाले एउटै सेट पनि गुमाइनन् । अर्बिट इन्टरनेसनलकी पि्रयालक्ष्मी कार्की र लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट -एलएसिएम) की ज्योतिका थापामगर तेस्रो स्थानमा रहे ।
विजेतालाई एलएसिएमका पि्रन्सिपल मित्रबन्धु पौडेलले पुरस्कार वितरण गरे । दुई एकल स्पर्धा समावेश टेनिसमा १६ पुरुष तथा ८ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताअन्तर्गत शुक्रबार पुरुष फुटबलको फाइनल हुनेछ । एपेक्स र डिफेन्डिङ च्याम्पियन क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर -सीसीआरसी) फाइनलमा पुगेका छन् । शनिबारदेखि बास्केटबल र भलिबल इभेन्टहरू सञ्चालन हुने भएका छन् ।

प्रतिक्रिया