“म्यान यू”लाई तीन अंकको अग्रता

म्यानचेस्टर, १४ चैत । वेयन रुनीले पहिलो हाफमा गरेको एक मात्र गोलले डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर युनाइटेडलाई सोमबार राति फुल्हामविरुद्ध १–० ले विजयी मात्र गराएन, इङल्यान्डको प्रिमियर लिग फुटबलमा लगातार छैटौं जितसहित शीर्षस्थानमा तीन अंकको स्पष्ट बढत पनि दिलायो ।
रुनीले चालु सिजनमा आङ्खनो २१औं गोल गर्ने क्रममा ४२औं मिनेटमा गोलपोस्ट नजिकैबाट ‘हाई’ प्रहार गर्दै जाली चुमाएका थिए । उनले पछिल्ला नौ खेलमा ११ गोल गरिसकेका छन् । उनी आर्सनलका रोबिन भान पर्सीभन्दा केवल पा“च गोल मात्र पछाडि छन् । त्यसअघि शनिबार राति शीर्षस्थानको निकटतम प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीको खेल स्टोकविरुद्ध १–१ ले बराबरीमा समाप्त भएपछि युनाइटेडलाई महत्वपूर्ण अग्रता प्राप्त भएको हो ।
अब लिगमा केवल आठ म्याच मात्र खेल्न बा“की रहेको अवस्थामा सर एलेक्स फर्गुसनको टोली आङ्खनो कटु प्रतिद्वन्द्वी क्लबलाई पछि पार्दै रेकर्ड बीसौं इङलिस उपाधि जित्ने स“घारमा पुगेको छ ।
‘हामीले पाएको स्थान सन्तोषजनक छ तर यो नै निर्णायक भने होइन,’ फर्गुसनले भने, ‘आज राति हाम्रा लागि राम्रो रह्यो । तर, हामी बा“की सिजनभर यस्तै परिणाम चाहन्छौं ।’
खेलअवधिभर प्रायः नियन्त्रण कायम गरेको भए पनि अन्तिम दस मिनेटमा म्यानचेस्टर युनाइटेडविरुद्ध पेनाल्टी हुने सम्भावना निकै थियो । युनाइटेडका माइकल क्यारिक समकक्षी मिडफिल्डर ड्यानी मर्फीमाथि गुजुल्टि“दै डी–बक्सभित्र लड्न पुगेका थिए ।
‘मलाई लाग्छ, रंगशालामा उपस्थित सबैजना पेनाल्टी नै हुने भयो भनेर उत्तेजित भइरहेका थिए,’ फुल्हामका म्यानेजर मार्टिन जोलले भने, ‘तर ओल्ड ट्र्याफोर्ड मैदानमा पेनाल्टी दिने कुरामा तपाईं साहसी हुन सक्नैपर्छ ।’
म्यानचेस्टर युनाइटेडको यो लगातार दसौं अपराजित लिग म्याच हो । सोमबार रातिको विजयअन्तर अझ फराकिलो हुन सक्थ्यो तर फुल्हामका गोलकिपर मार्क स्वार्जरले केही उत्कृष्ट बचाउ गरेका थिए । अंक तालिकामा १३औं स्थानमा रहेको फुल्हामले सन् १९५९ देखि ओल्ड ट्र्याफोर्ड मैदानमा कुनै म्याच जित्न सकेको छैन ।
युभेन्ट्स उपाधि होडमै
कप्तान अलेसान्द्रो डेल पियरोले बेन्चबाट आएर सानदार प्रदर्शन गरेपछि युभेन्ट्सले आइतबार राति भएको इटालियन सेरी ए को खेलमा इन्टरमिलानलाई २–० ले पराजित ग¥यो । ५७आंै मिनेटमा कुनै निगरानीमा नरहेका मार्टिन सेरेकेसको हेड गोलमा अग्रता लिएको युभेन्ट्सका लागि ७०आंै मिनेटमा डेल पियरोले अर्को गोल गरे । युभेन्ट्सले जितपछि शीर्षस्थानमा रहेको एसी मिलानस“गको दूरी ४ अंकमा छोट्याएको छ । पछिल्लो १० खेलमा एक जित हात पारेको इन्टर १०आंै स्थानमा झरेको छ ।
२ गोलले पछि परेको क्याटानियाले उत्कृष्ट कम्ब्याक गर्दै नेपोलीस“ग २–२ गोलको बराबरी गरेको छ । काग्लारीलाई १–० ले पराजित गर्दै लाजियो तेस्रो स्थानमा कायम रह्यो ।

मालागाको उत्कृष्ट प्रदर्शन
इस्पानियोललाई २–१ ले पराजित गर्दै मालागा स्पेनिस प्रिमियरा लिगाको चौथो स्थानमा उक्लेको छ । मालागाका लागि रुड भान नेस्टरलोय र मार्टिन डेमिसेलिसले गोल गरे । लेभान्टे ओसासुनास“ग २–० ले पराजित भएपछि मालागा चौथो स्थानमा उक्लेको हो । समान अंक भएको भ्यालेन्सिया तेस्रो स्थानमा छ । एथलेटिक बिल्बाओ र स्पोर्टिङ गिजोनबीच १–१ गोलको बराबरी भयो । रायो भाल्कानोलाई २–० ले पराजित गरेपछि भिल्लारियलले रेलिगेसनबाट बच्ने सम्भावनालाई कम गरेको छ । जारागोजाले एथलेटिको म्याड्रिडलाई १–० ले पराजित ग¥यो ।

ब्रागा शीर्षमै
पोर्चुगिज लिगअन्तर्गत सोमबार राति भएको खेलमा ब्रागाले लगातार तेह्रौं जित हात पार्ने क्रममा संघर्षरत प्रतिद्वन्द्वी एकेडेमियालाई २–१ ले पराजित ग¥यो । मिगेल लोपेजको क्रसमा मार्सियो मोसोरोले ३६औं मिनेटमा हेडगोल गर्दै ब्रागालाई अग्रता दिलाएको थियो । दोस्रो गोल मध्यान्तरभन्दा केहीअघि मात्र रोड्रिगो लिमाले गरेका थिए जुन उनको यो सिजनमा १९औं निजी गोल पनि हो । म्युनिसिपल स्टेडियममा भएको म्याचको ६२औं मिनेटमा एकेडेमियाका डेभिड सिमाओले सान्त्वना गोल गरेका थिए । आङ्खनो ९१ वर्ष लामो जीवनमा कहिल्यै लिग उपाधि नजितेको ब्रागा डिफेन्डिङ च्याम्पियन एपसी पोर्तोभन्दा एक अंक र तेस्रो स्थानमा रहेको बेनेफिकाभन्दा दुई अंकले अगाडि छ । एजेन्सी

प्रतिक्रिया