हेडक्वार्टरलाई ‘सुरक्षा खतरा’

काठमाडौं, १२ चैत । भद्रकालीको सर्वसाधारण हिड्ने बाटो ‘असुरक्षा’को कारण देखाउदै बन्द गरेको नेपाली सेनाले हेडक्वार्टरभित्रै रहेको आर्मी अफिसर्स क्लबमा भने दिनहु सर्वसाधारणलाई पार्टी गर्न दिदै आएको छ । यसले हेडक्र्वाटर ‘सुरक्षा खतरा’मा रहेको सुरक्षामामिलाका जानकारहरू बताउ छन् ।
एक पूर्वजर्नेलका अनुसार त्यसरी हेडक्वार्टरमा ‘बाहिरिया’लाई कार्यक्रम गर्न दिनु सुरक्षा जोखिम बढाउनु हो । दुनियामा कही पनि आर्मी क्लब भाडामा लगाइदैन र सर्वसाधारणलाई त्यहा पार्टी गर्ने छुट पनि हुदैन । नेपाली सेनाका सदस्य र उनीहरूका परिवारका लागि बनाइएको आर्मी अफिसर्स क्लबमा मादकपदार्थ सेवन गरी मध्यरातसम्म हल्लीखल्ली गर्नेको भिड लाग्छ । ती पूर्वजर्नेलले हेडक्वार्टरभित्र हल्लीखल्ली गर्न दिनु राम्रो नभएको बताए । अन्य देशमा क्लबको भवन भाडामा लगाउने चलन नभएको उल्लेख गर्दै उनले ‘हेडक्वार्टरभित्रै क्लब नभएको राम्रो’ पनि भनेका छन् । ‘टाढा त होइन तर भित्रै हुनु पनि राम्रो होइन,’ उनले सौर्यसग भने, ‘झन् भाडामा दिएर मान्छे जम्मा पार्नु उचित हुन्न ।’
अर्का एक बहालवाला जर्नेलले पनि हेडक्वार्टरभित्र भिड जम्मा पार्नु खतरा मोल्नुसरह भएको बताए । विदेशतिर छेउछाउमै पर्न नपाइने तर्क गर्दै ती जर्नेलले ५० मिटरको दूरीमा रहेको हेडक्वार्टर असुरक्षित रहेको दाबी गरे । उनले भने, ‘यसबारे हेडक्वार्टर सचेत हुनुपर्छ ।’
हेडक्वार्टरभित्रको अडिटोरियम हल (सभाहल) पनि भाडामा दिनु ‘मुख्र्याइ’ भएको उनको ठम्याइ रहेछ । ‘पहिले त क्लब मात्र भाडामा दिइन्थ्यो, अहिले त सभाहल पनि भाडामा दिन थालिएछ,’ उनले भने, ‘यसले झन् असुरक्षा बढाएको छ ।’ क्लब र हेडक्वार्टरको बीचमा पर्खाल रहेकाले ‘खतरा टर्‍यो’ भन्न नहुने उनी बताउछन् ।
०५६ सालमा क्लबको विधान बनाउदा केही समयका लागि शुल्क लिएर अन्यलाई भाडामा लगाउन सकिने व्यवस्था मिलाइएको थियो । क्लबका तत्कालीन सदस्यसचिव एवं पूर्वजर्नेल राजेन्द्र थापाका अनुसार सरकारले बजेट नदिएकाले भवन मर्मतका लागि क्लब भाडामा लगाउने अस्थायी व्यवस्था गरिएको थियो । ‘अति सुविधासम्पन्न भएकाले मर्मतसम्भार खर्च पनि बढी लाग्छ,’ थापाले भने, ‘त्यसैले आर्मी क्लब भाडामा दिइएको हो ।’ उनका अनुसार क्लबको भवन बना“दा सरकार र कल्याणकारी कोषको एक रुपिया“ पनि खर्च भएको थिएन । तत्कालीन सेनापतिले निर्माणखर्च जुटाएका थिए ।
नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले जंगी अड्डाको सुरक्षा नेपाली सेनाले गर्ने प्रतिक्रिया दिए । हेडक्वार्टरको सुरक्षाको जिम्मा नेपाली सेनाको भएको भन्दै प्रवक्ता क्षेत्रीले त्यो काम विज्ञहरूको नभएको स्पष्ट पारे । हेडक्वार्टरबाहिर सुरक्षाको व्यवस्था मिलाई क्लब भाडामा लगाएको जानकारी दिदै उनले भने, ‘त्यसमा अरूलाई आपत्ति किन ?’
सेनाले भाडामा दिदै आएको सभाहल ७५ सिटको छ भने क्लबमा एक हजार पा“च सयभन्दा बढी व्यक्ति अट्न सक्छन् । सेनाका सदस्य र उनीहरूका परिवारको लागि पा“च हजार र अन्यका लागि ४० देखि ४५ हजार रुपिय“ भाडा लिने गरिएको क्लबमा राति अबेरसम्म मातेर बस्ने छुट छ ।

प्रतिक्रिया