रास्वपा महामन्त्रीकाे प्रश्न – सदन सही दिशामा छ कि छैन ?

काठमाडौं । रास्वपाका महामन्त्री विपीन आचार्यले सभामुखलाई सदनको अहिलेसम्मको गतिविधिबारे समीक्षा गर्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सामान्यतया सरकारको सय दिन पुगेपछि समीक्षा गर्ने अभ्यास भएपनि संसद्को हकमा हनिमुन पिरियड लागू नहुने बताए ।

उनले भने, ‘संसद्ले पनि आफ्नो समीक्षा गर्ने बेला भएकै जस्तो लाग्छ। संसद् सुरु भएदेखि अहिलेसम्म सांसदहरूको उपस्थिति कति रह्योरु सांसदहरूले प्रस्तुत गरेका संशोधनका कारण विधेयकहरू कति समृद्ध भएरु संसदीय समितिहरूले कति काम गरेरु संसद्मा उठेका शून्य, विशेष र आकस्मिक समयका कुराहरू कति सम्बोधन भएरु सांसदहरूको प्रस्तुति कस्तो रह्योरु प्रतिनिधि सभा नियमावलीको उल्लङ्घन सत्ता पक्ष, सरकार र प्रतिपक्षले कति पटक गरेरु ती उल्लङ्घनलाई संसद्ले कसरी लियोरु संसद्को गरिमा बढ्दो क्रममा छ कि घट्दो क्रममा ? एउटा सशक्त र समृद्ध संसद् यस्तै हुन्छ कि हाम्रो सामूहिक मिहिनेत पुगेन ?’

संसद् नागरिकको निराशालाई आशामा बदल्ने ठाउँ भएको बताए।उनले थपे, ‘हामी सही दिशामा छौँ कि छैनौँ, यी सबै विषयको समीक्षा गर्नका लागि सभामुखसँग आग्रह गर्दछु।’

प्रतिक्रिया