अफिरदीले प्रशंसक पिटे

कराँचीः एसिया कप क्रिकेट प्रतियेागिताको उपाधि जितेर घर र्फकने क्रममा पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान साहिद अपि|mदीले कराँची विमानस्थलमा एक प्रशंसकलाई थप्पड हाने ।
प्रशंसकको भिडका बिच विमानस्थलबाट बाहिरिने क्रममा आˆनी तीनवर्षीया छोरी लडेपछि अफिरदीले ती मानिसलाई थप्पड हानेका थिए । छोरी लडेपछि निकै आक्रोशित देखिएका अपि|mदीले ती प्रशंसकलाई लात्तीले हान्नेसम्म प्रयास गरेको बिबिसीले उल्लेख गरेको छ । तर, स्थितिलाई थप जटिल हुनबाट अपि|mदीका भाइ मुस्ताकले रोकेका थिए । ती प्रशंसक अपि|mदीको अटोग्राफ लिन त्यस भिडमा सामेल भएको अन्तर्राष्ट्रिय समाचारसंस्थाले जनाएका छन् । घटनापछि अपि|mदीले गल्ती स्वीकार गर्दै छोरी लडेका कारण आफू दुःखी भएको बताएका छन् । ‘मलाई थाहा छ, मैले जे गरेँ त्यो सही थिएन । मैले संयम अपनाउनुपथ्र्यो ।’ पाकिस्तानी टेलिभिजनसँगको कुराकानीमा अपि|mदीले भने, ‘तर छोरी नै लडेपछि मैले सहन सकिन ।’ यद्यपि मुस्ताकले पिटाइ खाने ती व्यक्ति अपि|mदीका प्रशंसक नभएको बताएका छन् । बिहीबार बङ्गलादेशलाई दुई रनले हराउँदै पाकिस्तानले दोस्रोपटक एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । अपि|mदी फाइनल खेलका म्यान अफ द म्याच भएका थिए ।

प्रतिक्रिया