राइस ओलम्पिकमा पौडिने, थोर्प सङ्कटमा

सिड्नी, ४ चैत । लन्डन ओलम्पिकका लागि भएको अस्ट्रेलियाको पौडी छनोटअन्तर्गत २ सय मिटर स्पर्धामा कीर्तिमानी पौडीबाज इयान थोर्प फाइनल प्रवेश गर्न नै असफल भएका छन् । १ सय र २ सय मिटर फ्रिस्टाइलको छनोटमा सहभागिता जनाएका थोर्प २ सय मिटरमा १२ औं स्थानमा सीमित रहे । थोर्पले एक वर्षअघि सन्न्यास लिएका थिए तर उनी गत नोभेम्बरमा फेरि खेलमा फर्किएका हुन् । विगतको उत्कृष्टता देखाउन नसकेपछि उनले छनोटमा गरेको खराब प्रदर्शनले आफै अचम्ममा परेको बताएका छन् ।
थोर्पले आइतबार हुने १ सय मिटरको हिट्समा आफूलाई केन्द्रित गरे पनि छोटो दूरीको यो स्प्रिन्ट स्पर्धा झनै कठिन हुने अनुमान गरिएको छ । गत नोभेम्बरमा सन्यास फिर्ता लिएदेखि नै उनको प्रदर्शन खराब रहँदै आएको छ । पाँचपटकका ओलम्पिक च्याम्पियन २९ वर्षे थोर्पले छनोटको सेमिफाइनलमा १ः४९.९१ सेकेन्डमा दूरी पार गरेपछि १२ औं स्थानमा सीमित भएका हुन् । १ मिनेट ४७ दशमलव ५१ सेकेन्डमा दूरी पार गर्दै ¥यान नेपोलिन पहिलो स्थानमा रहेर फाइनल प्रवेश गरे । ‘म अयोग्य सावित भएँ । मलाई यो भन्दा धेरै छिटो पौडिने विश्वास थियो ।’ सन् २००१ मा १ मिनेट ४४ दशमलव ०६ सेकेन्डको विश्वकीर्तिमान कायम गरेका थोर्पले भने ।
उनको १ सय मिटर रेसमा छनोट हुने आसलाई झनै कठिन मानिएको छ । थोर्पको सबैभन्दा उत्कृष्ट समय ४८ दशमलव ५६ सेकेन्डको समय अस्ट्रेलियाको अहिलेसम्मको नवांै उत्कृष्ट समयको रूपमा रहेको छ । छनोटमा ४६ दशमलव ९१ सेकेन्डको विश्वकीर्तिमानसहित एडिलेडको विश्वच्याम्पियनसिपमा उपाधि जितेका सिजर सेलाका मुख्य प्रतिद्वन्द्वी जेम्स म्याग्नसनले ४७ दशमलव ६३ सेकेन्ड समयका साथ विश्वविजेता बनिसकेका छन् । पूर्व विश्वकीर्तिमानधारी एमोन सुलेभान र म्याट अबोड पनि १ सय मिटरका मुख्य स्पर्धी मानिएका छन् ।
छनोटमै जेसीका स्किपरलाई पछि छाड्दै ५७ दशमलव ५९ सेकेन्डमा दूरी पार गरेकी एलिसिया काउट्सले एक सय मिटर बटरफ्लाइमा पहिलो स्थान पाइन् । ओलम्पिकविजेता लिबी ट्रिकेट शीर्ष तीन स्थानमा रहन नै असफल भइन् । सन्न्यास फिर्ता लिएर खेलमा फर्केकी ट्रिकेटको ध्यान पनि १ सय मिटर फ्रिस्टाइल रिलेको टिममा सामेल हुने नै रहनेछ । २ सय मिटर ब्रेस्ट स्ट्रोककी विश्व कीर्तिमानधारी क्रिस्टियन स्प्रेन्जर ५९ दशमलव ९१ सेकेन्डमा पोडँदै १ सय मिटरमा सहभागी भइन् । ब्रेन्टन रिकार्ड दोस्रो हँुदै ओलम्पिकका लागि छनोट भइन् । ४ सय मिटर फ्रिस्टाइलमा ४ मिनेट ३ दशमलव ४० सेकेन्ड समयको अस्ट्रेलियन कीर्तिमानका साथ केली पामर पहिलो भइन् भने ब्रोन्टे बराट दोस्रो भइन् ।
यसअघि नै बेइजिङ ओलम्पिकमा विश्व कीर्तिमानसहित ४ सय मिटर मेड्लेको स्वर्ण जितेकी स्टिफन राइस यसपटक पनि छनोट भइसकेकी छन् । पाखुराको चोटबाट मुक्त हुँदै खेलमा फर्किएकी बेइजिङ ओलम्पिककी स्टार राइसको समय ब्रिटिस ट्रायलमा पहिलो हुने हेनी मेलीको भन्दा केही खराब रहेको छ । बेइजिङ ओलम्पिकमा तीन स्वर्ण जितेकी राइस २ सय मिटर मेड्लेको छनोटमा पनि सहभागी छन् जुन उनको मुख्य स्पर्धा हो । चार सय मिटर पुरुष फ्रिस्टाइलमा डेविड म्याकन र चार सय मिटर पुरुष मेड्लेमा थोमस फ्रेजर छनोट भए ।

प्रतिक्रिया