मारवाडी युवाको क्रिकेट प्रतिगोगिता

विराटनगर, ४ चैत  । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले आइतबारदेखि देशव्यापीरुपमा नेपाल मारवाडी क्रिक्रेट प्रतियोगिता गर्ने भएको छ ।

बिराटनगर, भद्रपुर, धरान, राजबिराज, बीरगञ्ज, भैरहवा र नेपालगञ्जमा एकैसाथ प्रतियोगिता सुरु हुने आयोजक नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका अध्यक्ष सुरेन्द्र गोल्छाले वताए ।

प्रतियोगितामा २४ वटा मारवाडी युवा मञ्चका २९ वटा टिमले भाग लिनेछन् । प्रतियोगिताको फाइनल खेल काठमाडांैमा हुनेछ ।

प्रतियोगिता भव्यरुपमा सम्पन्न गर्न बिभिन्न उपसमिति गठन गरिएका छन् । खेलको तयारी पुरा भएको कार्यक्रम संयोजक नन्दकिशोर राठीले जानकारी गराए ।

प्रतिक्रिया